कर्मचारीका कारण सरकारी ढुकुटीमा ५० अर्बको भार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 06:54:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ । कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने उपाय सरकारसँग छैन ।

संघीयता कार्यान्वयनका सन्दर्भमा कर्मचारी समायोजन गर्न ल्याइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले गत २९ असोजमा प्रमाणीकरण गरेकी थिइन् ।

तीन महिनामा जारी गर्नुपर्ने कानुनी बाध्यताका कारण सामान्य प्रशासन मन्त्रालयले पुस २८ भित्र यसको सूचना प्रकाशन गर्दैछ । त्यसपछि स्वेच्छिक अवकास लिन चाहने कर्मचारीले उक्त आकर्षक सुविधा उपभोग गर्न पाउने छन् । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved