ओलीको नेतृत्वमा दुईतिहाइको सरकार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 06:54:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण प्रकृया औपचारिक रुपमै अघि बढेको छ । आइतबार साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ‘वान् टु वान्’ भएसँगै पार्टी एकिकरणको विषयले दुवै पार्टीमा औपचारिक प्रवेश पाएको हो ।

वार्तापछि दुबै अध्यक्षले एकता प्रकृयाको बारेमा आ–आफ्नो पार्टीलाई जानकारि दिएका छन् । र, मंगलबार एकता संयोजन समितिको बैठक तय गरिएको छ । उक्त बैठकले एकताको प्रक्रियाको मोडालिटी तयार गर्नेछ । दुई पार्टीबीच एकतापछिको सांगठनिक संरचनका विषयमा पनि दुवै पार्टीमा प्रवेश पाएको छ । ओली र प्रचण्डबीच आइतबार साँझ ओली निवास बालकोटमा भएको छलफलपछि दुवै पार्टी संगठन समायोजनको विधि र कार्यदल निर्माण गर्न आन्तरिक छलफलमा व्यस्त छन् । पार्टी एकताको संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक दिशा तय गर्न दुवै पार्टीक नेता सम्मिलित अलग अलग कार्यद पनि बनाइँदै छ ।

नयाँ सरकार गठनमा ढिलाई भएपछि यसबीचको समय पार्टी एकताका लागि उपयोग गरिने भएको छ । कदाचित गठबन्धन भत्किएमा त्यतिखेर प्रतिक्रियावादीको जित हुने र अहिलेका उपलब्धिहरु सबै गुम्ने भनेर दुबै पार्टी सजग गरेको छ । तसर्थ, वाम गठबन्धनको सरकार र पार्टी एकताको विकल्प नभएकोमा दुवै नेता सहमत छन् ।  दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved