गगनलाई कडा झट्का

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 08:15:15 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचनअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा प्रवक्ता बन्ने हल्ला खुबै मच्चियो । । गगनका समर्थकले बनिसकेको हल्लासमेत चलाए । तर, गगनले प्रवक्ता बन्न कांग्रेस सभापति शेरबहादुर देउवासँग हारगुहार गरेको खुलेको छ ।

उहाँले विभिन्न माध्यमले लबिङ गरे पनि असफल हुनुभएको थियो । गगनले प्रवक्ता बनाउने आशमा देउवाको बचाउ गर्दै निर्वाचनअघि अभिव्यक्ति समेत दिनुभएको थियो । त्यसलाई कतिपयले चाकडी समेत भने । तर, गगनलाई प्रवक्ता बनाउन देउवाले अस्वीकार गर्नुभयो । असन्तुष्टि जनाउँदै गगन अन्य कांग्रेस उम्मेदवारको निर्वाचन सभामा भाषण गर्नसमेत गएनन् ।

उहाँ खटिएको कांग्रेसको केही सिट यताउता हुन सक्थ्यो । गगनको लोकप्रियतालाई कांग्रेसले प्रयोग गर्न सकेन र गगनले समेत उम्मेदवारलाई सहयोग गर्ने भावना देखाएनन् । उहाँ आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहनुभयो । यसपटक धेरैलाई निर्वाचन जित्न हम्मे परेको नतिजाले देखाइसकेको छ । गगनले प्रवक्ता नपाएको झोकमा पार्टी नेतृत्वप्रति कडा अभिव्यक्ति दिन थाल्नुभयो । देउवाविरोधी नेतासँग भेटघाट बाक्लोमात्र बनाउनुभएन– सञ्चारमाध्याममा समेत भेटेको खुलासा गर्नुभयो ।   विमर्श साप्ताहिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved