नेपालमा दैनिक १४ हजार मोबाइल सेट भित्रिन्छ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 05:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य वृद्धि भएको छ ।सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।

पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् ।उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।

२०७३ बैशाख १ मा मोबाइलको आइएमआई नम्बर दर्ता गर्न सुरु गरेयता सोमबारसम्म एक करोड ७७ लाख १९ हजार सात सय ४८ आइएमआई नम्बर दर्ता भएको छ ।

अधिकांश मोबाइल सेटमा दुईवटा आइएमआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झन्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ ।पछिल्लो तथ्याकअनुसार मासिक झन्डै चार लाख २० हजर मोबाइल सेट भित्रिरहेका छन् । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved