मौसमले च्यालेन्ज गर्यो ? मदिरा बाट टाढै रहनुस्

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 05:44:33 AM मा प्रकाशित

laxmi  sunrise bank

‘आज मौसमले च्यालेन्ज गर्यो’ मदिराप्रेमी माझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ ।तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ ।

चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ ।मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने बताए ।

मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । यसलाई (भ्यासोडाइलेसन) भनिन्छ ।

समान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ ।शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो । चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा (ब्लड भेइसल) फराकिलो बनाउँछ ।

डा. अनिलका अुसार चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने सम्भावना बढी हुन्छ । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved