ट्रायल पास गरेका अढाई लाखले अझैं किन पाएनन लाइसेन्स ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 06:05:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।

देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ ।स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ ।

त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन । सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।  कारोबार दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved