मुद्दा मिलाउन उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 09:11:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको प्रमुख रहँदा पाँच करोड भन्दा बढि रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका उपेन्द्रकान्त अर्याल विचौलिया र तस्करको शरणमा पुगेका छन् । स्रोतका अनुसार पटक–पटक अख्तियारमा बयान दिइसकेका अर्यालले दिपक तिमिल्सिना नामका दलाल मार्फत प्रमुख आयुक्त दिप बस्नेतलाई भेटेर जोगाइदिन आग्रह गरेका छन् । अख्तियारका प्रेस संयोजक भवानी सुवेदीले तिमिल्सिना मार्पmत प्रमुख आयुक्त बस्नेतलाई भेटेर मुद्दा मिलाउन सुझाव दिएपछि विचौलियाका रुपमा परिचित तिमिल्सिनाको शरणमा अर्याल पुगेका हुन् ।

अर्यालको अनुसन्धानको फाइल अन्तिम चरणमा पुगेको र विशेष अदालतमा मुद्दा चल्ने जानकारी पाए लगत्तै उनी विचौलियाको शरणमा पुगेको अख्तियार स्रोत बताउँछ । त्यसैगरी अर्यालले नेपाल प्रहरीका डिआईजी पवन खरेल मार्फत पनि अख्तियारका आयुक्त नविन घिमिरेलाई केही दिन अघि मात्र भेटेको स्रोतले बतायो । घिमिरे खरेलका सम्धी हुन् ।

कुनै समय स्मार्ट टेलिकममा सेयर हत्याउन किर्ते काम गरेर बद्नामी कमाएका तिमिल्सिना एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतो निकट मानिन्छन् । महतोका मुद्दा मामिलाहरु यिनै तिमिल्सिनाले हेर्दै आइरहेका छन् । तिमिल्सिना पछिल्लो समय व्यापारी अजेयराज सुमार्गीविरुद्ध पनि हात धोएर लागिरहेका छन् । महतोले पनि आफ्ना मित अर्याललाई जोगाउन अख्तियारमा लविङ गरिरहेका छन् । 

मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अनुसन्धान गरिरहेको छ । अर्यालमाथि हुण्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकममार्फत अर्यालले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।

अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको छ । त्यसैगरी प्रहरीको रासन खरिदमा पनि अर्याल मुछिएका छन् । आजको युनाइटेड पोष्टमा खबर छापिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved