भूत घर बन्यो आरजुको बंगला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 07:50:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा एमालेका नेता नारदमुनी रानाबाट पराजित भएकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई जनताले टुरिष्टको संज्ञा दिएपछि आफू स्थायी रुपमा बस्न उनले कैलालीमा घर नै किनिन् । एनआरएन अध्यक्ष भवन भट्टले किनिदिएको भनिएको उक्त घर आरजुको हात्तीको देखाउने दाँत हो भन्ने कुरा अहिले आएर पुष्टि भएको छ ।

कैलाली निर्वाचन षेत्र नम्बर ५ नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र भउकोले आरजुले सजिलै चुनाव जित्न सक्लिन् भन्ने आधारसहित आरजुलाई टिकट दिइएको थियो ।

निर्वाचन जित्नको लागि उनले राज्यका सबै स्रोत र साधनहरुको व्यापक दुरुपयोग पनि गरिन् । अगाडि पछाडि ुरक्षा व्यवस्था, कार्यकर्ताको ठूलै जमात, दिनहुँ भोजभतेर र भान्सा उनको सुख सयलपूर्ण आहार बिहारले पनि निर्वाचन आरजुकै पक्षमा हुनेछ भन्ने आंकलनसहित कांग्रेस कार्यकर्ता छाती पिट्दै हिंड्थे निर्वाचन ताका ।

टुरिष्ट नेता त्यसमा पनि प्रधानमन्त्रीले आफ्नै श्रीमतलाई टिकट दिएको भन्दै उनीमाथि आरोपहरु लाग्दै आए । त्यसबीचमा नेपाली कांग्रेसको जो देउवा पक्षधर थिए ती कार्यकर्ताहरुले टुरिष्टको ट्याग हटाउनको लागि धनगढीमा घर किनेपछि सबै दाग हट्छ भनेर आरजुलाई सुझाए । त्यसपछि धनगढीका व्यापारी गोपाल हमालको घर किन्ने योजना बन्यो । र किन्नि पनि ।

उक्त घरमा ४ पटक पति देउवा पुगेका होलान् । आरजु देउवा यतिबेला नियमित रुपले बढानिलकण्ठको आलिशान महल र बंगलामा बस्ने गरेकी छिन् । यता धनगढीको घरमा एकजना चौकीदार धनबहादुर धामी र उनका भान्जा नाता पर्ने रमेश देउवा बस्ने गरेका छन् । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved