त्रिवि शिक्षण अस्पतालमा यस्तो हुँदा पनि डा. गोविन्द केसीहरु किन मौन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 07:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्याग्रहीको उपमा पाएर त्रिवि शिक्षण अस्पतालमा अनसन बस्दै आएका डा. गोविन्द केसीका विश्वास पात्रहरु भने शिक्षण अस्पताललाई विरामी संकलन केन्द्र बनाउँदै आएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा काम गर्ने ठूला डाक्टरदेखि साना डाक्टरहरु समेत त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षका लागि आएका विरामीहरुलाई आआफ्नो निजी क्लिनिकको दुहुनो गाई बनाएर शुभ लाभको हात पार्दै आएका बारेमा डा गोविन्द केसीहरु मौन रहने गरेका छन् ।

डा। केसीको अडानमा त्रिवि चिकित्सा शास्त्र अध्यायन संस्थानमा डीन भएका डा. जगदीश अग्रवालले त्रिवि शिक्षण अस्पताललाई विरामी संकलन केन्द्र बनाएर निजी क्लिनिकमा ओसारीरहेका छन् । अस्पताल स्रोतका अनुसार, अग्रवालले आफ्नो श्रीमतीलाई समेत यसरी विरामी आफ्नो निजी क्लिनिकमा लैजान प्रयो गर्ने गरेका छन् ।

काठमाडौंको दरवारमार्गमा डीन डा. अग्रवालहरुले खोलेको एउटा डाइग्नोसिस सेन्टर सञ्चालन गरेको थाहा भएको छ । डा. अग्रवालकी रुीमती ज्याति अग्रवालको नाममा खोलिएको दरवारमर्गको ‘जीवन्त एडभान्स काठमाडौं इमेजिङ’ नामक डाइग्नोशिस सेन्टरका लागि बिरामी चांहि त्रिवि शिक्षण अस्पतालबाट आउने गर्छन् । उक्त डाइग्नोशिस सेन्टरमा अग्रवालको नाममा सबैभन्दा धेरै अर्थात् ३३८५ कित्ता शेयर रहेको बुझिएको छ ।  साँघु साप्ताहिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved