जो सामाजिक सञ्जालको शक्तिमा सांसद बने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 07:21:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सातैपपिच्छे जस्तो नेपाल बन्द हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो ।

माइकिङ गर्दै ती युवाको हातमा हुन्थ्यो, नेपाल खुल्ला छ लेखिएको प्ले कार्ड । २०७० ताका नेपाल बन्दको विरोध गर्न प्ले कार्ड बोकेर माइतीघर पुग्ने मध्येमै हुन्थे रमेश पौड्याल ।

कहिले नेपाल बन्दको विरोध त कहिले संविधान बनाउनका लागि खबरदारी गर्दै सडकमा उत्रने युवाको त्यो समूह फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थियो ।

उनीहरु सामाजिक सञ्जालमार्फत विरोधका आवाज सम्बन्धित निकायसमम पुर्याउँथे । रमेशले पनि विरोधका स्वरलाई बुलन्द गर्न सामाजिक सञ्जाललाई भरपूर उपयोग गरे ।

चार बर्ष अघि नेपाल बन्दको विरोधमा प्ले कार्ड बोकेर सडकमा पुग्ने र सामाजिक सञ्जालमा विरोध जनाउने पौड्याल अब भने जनताका अजेन्डा बोकेर प्रदेशसभाको संसद भवन जानेछन् ।

उनी विवेकशील साझा दलबाट प्रदेशसभा ३ मा समानुपातिकतर्फबाट चुनिएका सांसद हुन् । उनी मात्र होइन, यो दलबाट आगामी बिहीबार बस्ने प्रदेश संसदको पहिलो बैठकमा विराजभक्त श्रेष्ठ र शोभा शाक्य पनि सहभागी हुँदैछन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved