डेढ दशकमा सयभन्दा बढी ठूला उद्योग बन्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 07:22:10 AM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर क्षेत्रमा सञ्चालित डेढ सयभन्दा बढी उद्योगहरु बन्द भइसकेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।  चालीसको दशकसम्म मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जताततै उद्योगहरु सञ्चालनमा थिए । रोजगारीको अवसर प्रशस्त थियो ।

उद्योगबाट उत्पादित बस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो ।

तर, साठीको दशकको सुरुदेखि उद्योगहरु बन्द हुने क्रम सुरु भयो । खासगरी सशस्त्र माओवादी द्वन्द्व र लोडसेडिङका कारण उद्योगहरु बन्द हुँदै गएको उद्योगीहरु बताउँछन् । डेढ दशकको अवधिमा यो क्षेत्रका एक सयभन्दा बढी ठूला उद्योगहरु बन्द भएका छन् ।

वि.सं. २०५८ सम्म यस औद्योगिक क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या १ सय ५० भन्दी बढी थियो तर हाल ५० वटामात्रै सञ्चालनमा छन् । कारोबार दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved