कसरी मन्त्री बने लालबाबु ? यस्तो रहेछ कुरो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 07:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गत बिहीबार केपी ओली प्रधानमन्त्री नियुक्त भएकै दिन, अर्थात् शीतल निवासमा उनले सपथ लिनुअगाडि धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयनका क्रममा माधव नेपालबाटै प्रस्तावित भएपछि केपी नै भए । त्यो कार्यक्रम सकिनासाथ शीतल निवासमा सपथमा पुग्नुथियो । यतिबेलासम्म प्रधानमन्त्री मात्र टुंगिएको थियो, मन्त्रीहरुको पत्तो थिएन । कसैले कसैलाई बताएका पनि थिएनन् । अरुबेला एमालेका ‘किङमेकर’ मानिने नेताहरु नै जानकार थिएनन्, कि प्रधानमन्त्रीको शपथसँगै को–को मन्त्री हुँदैछन् भन्ने कुरा ।

ओलीले समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने र आफू दलको नेता चयन हुने कार्यक्रालाइए सम्बोधनका क्रममा भनेका थिए, पुरुषजति सबैले दौरा–सुरुवाल लागाउने, महिलाले साडी–चोलो । यसपछि पोसाक नलगाएका सांसदहरु पनि पोसाकको खोजीमा लागे । सबैको मनमा थियो ‘मन्त्री पो भइहालिन्छ कि !’

पार्टीको कोही नेता नेता एकैछिनमा मन्त्री हुँदैछन् । तर, को भन्ने कसैलाई थाहा थिएन । वास्तविकाता के रहेछ भने पार्टी कार्यालयमा ओलाीलाई दलको नेताको रुपमा प्रस्ताव गरेलगत्तै ओली र माधवबीच कानेशुसी भएको रहेछ । माधवले ‘लालबाबु गरौं’ भनेपछि ओली चुपा लागे । त्यहाँबाट निस्किएर हिड्ने बेलामा ओलाीलाई माधवले भने, ‘उहाँलाई तपाईले नै भन्नुन् है त!’ यति भनेर ओली गाडी चढे । जनआस्थामा खबर छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved