विनाविभागीय मन्त्री बन्नबाट यसरी रोकिए पोखरेल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 07:11:06 AM मा प्रकाशित

laxmi  sunrise bank

उच्चस्रोतका अनुसार अर्थमन्त्रीमा ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएपछि प्रधानमन्त्री ओलीले नयाँ विकल्प प्रस्ताव गरेका थिए । राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाउन दृढ रहेका प्रधानमन्त्रीले ज्ञवालीलाई परराष्ट्र र पोखरेललाई विनाविभागीय मन्त्री बनाउने गरी आइतबार बेलुकीसम्म ‘कन्भिन्स’ गरिसकेका थिए ।

उनलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत विनाविभागीय मन्त्रीका रूपमा सातवटै प्रदेश सरकारको समन्वय गर्ने जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी थियो । तर, अन्तिममा विनाविभागीय जिम्मेवारीमा सरकारमा सहभागी नहुने संकेत गरेपछि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved