कोरियाले यस पटक ७ हजारभन्दा बढी कामदार लाने, अनलाइनबाटै आवेदन, परीक्षा जेठमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2018 | 07:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामार्पmत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । 


गत वर्षको भाषा परीक्षामा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवांै भाषा परीक्षा गर्न लागिएको हो । नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनमार्पmत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारी बताए । शाखाको अनुरोधमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)ले पठाएको जानकारी अनुसार ५ हजार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा २ हजारभन्दा बढी कामदार माग गर्नेगरी भाषा परीक्षको तयारी गर्न ईपीएसलाई अनुरोध गरेको छ । भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ ।


कोरिया सरकारले विगत २ वर्षदेखि अन्य १५ राष्ट्रको तुलनामा नेपाली युवालाई नै आफ्नो देशमा रोजगारी प्रदान गर्न थप इच्छा देखाउँदै पास गर्ने कोटा बढाउँदै लगेको छ । कोरिया सरकारले १६ राष्ट्रबाट विदेशी कामदार माग गर्ने भए पनि कम्बोडियापछि नेपालबाट धेरै कामदार लैजाने गरेको छ । कोरियाले प्रायःजसो अघिल्ला वर्षहरूमा धेरै कामदार माग गरेलगत्तै अर्को वर्ष कम युवालाई मात्र पास गराउनेगरी भाषा परीक्षाको कोटा निर्धारण गर्ने गरेको भए पनि यस वर्ष नेपालीलाई लगातार बढी संख्यामा कोटा निर्धारण गरेको छ । नेपाली युवाको कार्यक्षमता, इमानदारिता, कम अवैधानिक र ईपिएस कार्यालयको कामदार पठाउने कार्यशैली छिटोछरितो भएका कारण कोरियाले नेपालबाट बढी युवा माग गरेको हो । 


कोरियाको एचआरडीले गत वर्ष आठौ कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवदेन दिएका ११ हजार ८ सय ६८ युवा अहिले रोजगारीका लागि कोरिया जाने योग्यसूची (रोष्टर) मा रहेका छन् । तिमध्ये १ महिनामा २ हजार ५ सय ३५ भन्दा बढीको श्रम सम्झौता भई कोरिया जाने तयारीमा छन् । अन्य देशका कामदारको तुलनामा नेपालीको माग उच्च रहेको जनाउँदै नेपालमा छिटोछरितो परीक्षाको तयारी गर्न कोरियन पक्षले नेपालसँग अनुरोध गरेको छ । कोरियाले भाषा परीक्षा आवेदन र परीक्षा गर्ने तयारीसहित नेपाललाई अनुरोध गरे पनि नेपाली पक्षले कुन दिन गर्ने भन्ने बैठकपछि निर्धारण गर्ने जनाइएको छ । 


कोरियको श्रम बजारमा नेपाली कामदार मेहेनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियन पक्ष नेपाली कामदारको माग बढाउन सकारात्मक भएको हो । रोष्टरमा नेपाली कामदारको संख्या १ हजारभन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । कोरियाले नेपाली कामदारको धेरै माग गर्ने गरेको भएपनि सन २०१५ देखि जान बाँकी रहेका करिब २ सय नेपालीको हालै रोजगार आवेदनको अवधि सकिएको छ । 


अनलाइनबाटै रोजगार आवेदन 

कोरियाले नेपाली कामदारको माग बढाउँदै लगेपछि रोजगार आवेदन फारम अनलाइनमार्पmत संकलन गर्ने भएको छ । गत वर्षबाट सुरु भएको अनलाइन आवेदन फारम प्रणाली यो वर्ष अझ परिष्कृत गरिएको शाखाले जनाएको छ । रोजगार आवेदनको शुल्क बुझाउने व्यवस्था मिलाउन कुन बैंक छनोट गर्ने भन्ने बिषयमा केही दिनपछि शाखाले सूचना सार्वजनिक गर्ने जनाएको छ ।कारोबार 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved