राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित, आज उम्मेदवारी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 07:16:51 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबारदिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो ।

अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए । त्यसैले नेताहरू मध्यरातसम्म बैठकमा थिए ।

उम्मेदवार दर्ता बुधबार हुनेछ । एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने भण्डारी माओवादीको समर्थनमा सजिलै राष्ट्रपति बन्न सक्नेछिन् । निर्वाचन २९ फागुनमा हुँदै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved