सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 07:00:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अधिकांश सचिवले सरकारबाट सुविधास्वरूप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन्।

परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन्। सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो प्लेटको आफ्नो गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखामाथि तीव्र दबाब दिन थालेको गृहले जानकारी दिएको अन्नपुर्णपोस्टमा खबर छ। 

परराष्ट्र सचिव वैरागी सरकारले सुविधास्वरूप दिएको गाडीको नम्बर बा १५ च ७११ नम्बरको रातो प्लेट बनाएर चढिरहेका छन्। नियमअनुसार उनको सरकारी गाडीमा बा २ झ २२७ नम्बरको सेतो प्लेट हुनु पर्नेमा फेरेर रातो प्लेट बनाएर प्रयोग गरिरहेका छन्।

वैरागीले चढिरहेको गाडीको रातो (निजी) प्लेटको अवधि गत पुसमा सकिएपछि उनले रातो प्लेटको अवधि ६ महिना थप्न माग गर्दै गृहमा गत माघको पहिलो साता नै पत्र पठाएका थिए। गृहले उनको पत्र त्यसै थन्क्याएको थियो। अहिले उनले गृहमन्त्री थापाको सचिवालयमार्फत आन्तरिक व्यवस्थापन शाखामाथि बारम्बार दबाब दिइरहेको गृहस्रोतले बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved