को बन्दैछ प्रहरीमा नयाँ आईजीपी ? यस्ता छन् प्रमुख दाबेदार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 21, 2018 | 08:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् ।  

समाचारमा लेखिएको छ, वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved