एकै महीनामा रू. १ अर्ब रकमान्तर, खर्च नगर्ने आयोजनाको रकम खोस्न अनुगमन सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 07:05:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एकै महीनामा झण्डै १ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रिपरिषद्को कार्यालयदेखि दुई ठूला राष्ट्रिय गौरवका आयोजनासम्मलाई सरकारले चालू आर्थिक वर्ष (आव) को फागुनमा मात्रै रू. ९० करोड ३५ लाख उपलब्ध गराएको हो । अर्थ मन्त्रालयका अनुसार फागुनमा राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी कोरिडोर र हुलाकी राजमार्गलाई मात्र रू. ७० करोड बजेट रकमान्तर गरिएको छ । विभिन्न शीर्षकमा विनियोजितमध्ये खर्च नभएको रकम ती दुई ठूला आयोजनालाई फागुनको अन्तिम साता उपलब्ध गराइएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । उनले भने, ‘नेपाल–चीन जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनालाई ३० करोड रुपैयाँ रकमान्तर गरिएको छ ।’

चालू आव २०७४/७५ को बजेटमार्फत सो आयोजनाका लागि रू. ५५ करोड छुट्ट्याइएको थियो । विनियोजित बजेट अपुग भएपछि आयोजनाले सरकारसँग रू. ५५ करोड थप रकम मागेको थियो । अर्थले भने रू. ३० करोड मात्रै उपलब्ध गराएको पोखरेलले जानकारी दिए । यस्तै, सरकारले हुलाकी राजमार्गलाई पनि रकमान्तर गरी रू. ४० करोड उपलब्ध गराएको छ । सो आयोजनाअन्तर्गत दोस्रो चरणका १२ ओटा सडकका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

ठेकेदार कम्पनीहरूले समयमै काम नगर्दा वर्षौंसम्म पनि आयोजना अघि बढ्न नसकेको गुनासो आइरहेको बेला सरकारले पुनः रकम उपलब्ध गराएको हो । यस्तै, प्युठानको झिमरुक नदी नियन्त्रण आयोजनाका लागि पनि रकमान्तर गरेर बजेट उपलब्ध गराइएको छ । सो आयोजनाका नाममा ८ करोड १७ लाख ५० हजार रुपैयाँ रकमान्तर गरिएको छ । अर्थले मन्त्रिपरिषद्को कार्यालयलाई रू. १ करोड, लोकसेवा आयोगका क्षेत्रीय कार्यालयहरूलाई रू. ३ करोड र न्यायाधीशहरूको पारिश्रमिक तथा सेवा सुविधाका निम्ति रू. २ करोड रकमान्तर गरी उपलब्ध गराएको छ ।

रकम खोस्न अनुगमन
सरकारले चैत मसान्तसम्म खर्च नगर्ने आयोजनाको रकम खोस्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । अर्थ मन्त्रालयका अनुसार कुनकुन आयोजनाले रकम खर्च गरेका छैनन् भन्ने विषयमा मातहतका निकायबाट अनुगमन थालिसकिएको छ । अर्थले अनुगमनका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । अनुगमनबाट विवरण सङ्कलन हुने र काम नभएका आयोजनाको रकम तत्कालै खोस्ने तयारी भएको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ । सरकारले यसअघि नै खर्च नगर्ने आयोजनाको रकम खोस्ने बताउँदै आएको थियो । अभियान 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved