भान्सामा नेपाल ग्यासको सिलिन्डर बम !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 08:55:28 AM मा प्रकाशित

laxmi  sunrise bank

जनयुद्ध सुरु हुनु अघि नै पति र जनयुद्धमा छोरी र ज्वाई गुमाएर नाफाको जिन्दगीमा संविधान लेख्ने धोका पालेकी शहिद रामवृक्ष यादवकी पत्नी राम कुमारी यादवको उक्त सपनामा एउटा ग्यास सिलिन्डर बाधक बन्यो ।

२०६७ साल साउ २८ गते शुक्रबार सभासद यादव नयाँ बानेश्वरस्थित कोठामा खाना पकाउँदै गर्दा ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाएकी थिइन् । २०७३ जेठ ७ गते ललितपुरको मंगलबजारमा एचपी ग्यास नामक कम्पनीको सिलिन्डर विस्फोटमा तीन जनाले ज्यान गुमाए ।

नाफाको लागि व्यापारीहरु कतिसम्म तल झर्न सक्छन् भन्ने कुरा यी माथिका दुई प्रतिनिधिमूलक घटनाहरुलाई हेरे पुग्छ । ग्यास उद्योगीहरुले सर्वसाधरणको जीवनमाथि खेलवाड गरेरै भए पनि लाभ लिन उद्यत रहँदा र नेपालको नियमक निकाय गुणस्तर विभागको वेवास्ताका कारण आम सर्वसाधरण भान्सामा बम राखेर बिहान बेलुकाको गुजारा टार्न बाध्य छन् । आफूलाई नेपालको सबैभन्दा सुरक्षित, भरपर्दो र सबैभन्दा ठूलो उद्योग भनेर दावी गर्ने नेपाल ग्यासले नै फुटरिङ समेत फुटेको र जीर्ण अवस्थाको सिलिन्डर बजारमा पठाउने भरेपछि अन्यको अवस्था के होला ?

ग्यास सिलिन्डरकै कारण भान्सामा बढेको जोखिम न्यूनिकरण गर्न भन्दै नेपाल ग्यासले वर्षेनी हजारौं ग्यास सिलिन्डर काटेर कवाडीमा लिलामी गर्ने गर्छ । तर, पनि सोही कम्पनीका ग्यास सिलिन्डर बजारमा खुलेआम बिक्री हुँदा समेत अनुगमन गर्ने निकाय बेखवर नै छ । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved