शून्यमा आधारित बजेट तयार गर्न अर्थमन्त्रीको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 08, 2018 | 08:47:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयनका लागि चालू आथिक वर्षको बजेटमा आधारित नभइ शून्यमा आधारित रहेर तयारी गर्न निर्देशन दिएका हुन् । फागुन मसान्तसम्मको बजेट कार्यान्वयन समीक्षा एवं आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयारीसम्बन्धी बैठकमा मन्त्री खतिवडाले आगामी बजेट तर्जुमा गर्दा चालू आर्थिक वर्षको मोडल अवलम्बन नगर्न निर्देशन दिएका हुन् । 


“स्थानीय सरकारको कार्य र भूमिकालाई सहज हुनेगरी मार्गचित्र बनाएर काम गर्नुस्” शुक्रबार सचिवहरूलाई निर्देशन दिँदै खतिवडाले भने, “बजेट तर्जुमा गर्दा पूर्वतयारी गर्ने दातृ निकायसँग सहायता सम्झौता गर्दा आफ्नो तर्फबाट तयारी गरेरमात्र गुणात्मक सम्झौता गर्ने र बजेट नियमन र सहजीकरण गर्दा कार्यान्वयनको प्रभावकारितालाई हेर्नुपर्छ ।” उनले गैरबजेटरी माग गर्ने प्रवृत्तिले संसदीय मर्यादामाथि नै अवमूल्यन गरेको ठहरिने हुँदा यस विषयलाई गम्भीर रूपमा लिन पनि सचिवहरूलाई निर्देशन दिए ।
चालू आर्थिक वर्षको लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी बजेट कार्यान्वयन गर्न पनि उनले सचिवहरूलाई निर्देशन दिए । कार्यक्रममा विभिन्न मन्त्रालयलका सचिवहरूले आफ्ना मन्त्रालयको फागुन मसान्तसम्मको बजेट खर्चको अवस्था तथा बजेट कार्यान्वयनमा रहेका समस्या र आगामी रणनीतिबारे प्रस्तुत गरेका थिए । सो अवसरमा राजस्व सचिव शिशिर ढुंगानाले बजेट तर्जुमा र खर्चको क्रममा सबै मन्त्रालयहरूले वित्तीय उत्तरदायित्वसम्बन्धी अनुशासन कायम गर्न र स्रोत सुनिश्चितता भएका कार्यक्रमलाई आगामी वर्षको बजेट तर्जुमा गर्दा नियमित कार्यक्रमभित्र पर्ने गरी तयारी गर्न आग्रह गरेका थिए । उनले भने, “बजेटको तयारी गर्दा वित्तीय उत्तरदायित्व र अनुशासन कायम गर्नुपर्ने देखिन्छ, प्राथमिकताप्राप्त कार्यक्रममा स्रोत सुनिश्चित्तता गरेर मात्र अन्य कार्यक्रम तयार गर्नु पर्छ ।” 


अर्थ मन्त्रालयका सहसचिव अर्जुनप्रसाद पोख्रेलले चालू आर्र्थिक वर्षको फागुन मसान्तसम्मको बजेट कार्यान्वयन प्रगति अवस्था अघिल्लिो द्वैमासिक समीक्षामा भएका निर्णयको कार्यान्वयन अवस्था र वैदेशिक सहायता शोधभर्ना बाँकीको विवरणबारे जानकारी गराएका थिए । साथै चालू आर्थिक वर्षको फागुनसम्मको खर्चको तुलनात्मक अवस्था देखिने खर्चको अवस्था पनि सो अवसरमा जानकारी गराइएको थियो । राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले आगामी आर्थिक आर्थिक वर्षको बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने बिषय योजना बारे जानकारी गराएका थिए । कारोबार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved