सचिवपछि आईजिपीमा ओलीको ‘सरप्राइज’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 11, 2018 | 09:02:17 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत भ्रमण जानुअघि ३० जना सचिवको सरुवा भयो सरुवाको निर्णय गरेर प्रधानमन्त्री दिल्लीसम्म पुग्दासम्म सरुवा भएका सचिवहरुले मात्र होइन मन्त्रीहरुले समेत कसको कहाँ सरुवा भयो भन्ने थाहा पाएका थिएनन् ।

बजारमा खसी बोका छानेजतो गरि मन्त्रीहरुले सचिव छान्ने र आफ्नो स्वार्थ पुरा गर्ने परिपाटीलाई अन्त्य गर्न प्रधानमन्त्री ओलीले यस्तो सुरुवात गरेका हुन् । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रको विज्ञताको आधारमा सचिवहरुको सरुवा गरेका हुन् । जसलाई उच्च अधिकारीहरुले सकारात्मह भनेका छन् । किनकी मन्त्रीहरुले आफूनिकट सभिवलाई सरुवा गरेर मन्त्रालयमा सेटिङ चलाउने प्रवृत्तिको अब अन्त्य भएको छ ।

सचिव सरुवामा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिपी नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने सम्भावना छ । दुवै संगठनमा आईजिपी नियुक्तिका लागि २ दिन मात्र बाँकी रहदा पनि को आईजिपी हुन्छ भन्ने अन्योलता रहेको छ । गृहमन्त्री राम बहादुर थापा स्वयंलाई पनि को आईजिपी हुन्छ पत्तो छैन । यसमा प्रधानमन्त्री ओलीले कसैलाई पनि चलखेल गर्न दिएका छैनन् ।

२८ गते बेलुका नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले अवकाश पाउँदैछन् । अर्यालसँगै नेपाल प्रहरीका प्रशसनतर्फका सबै एआईजीहरुले अवकाश पाउने भएकाले डिआईजीबाट आईजिपी बढुवा गर्नुपर्ने अवस्था छ । जसमा सर्वेन्द्र खनाल, रमेश खेरेल र पुष्कर कार्की फ्रन्टलाईनमा छन् । उनीहरुमध्ये नै एक आईजिपी हुने निश्चित छ । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved