विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 26, 2018 | 08:17:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेसम्म वीरगन्ज नाकामात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकामा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोहबीच कोलकाताबाट पहिलो ¥याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ।

‘आजदेखि विराटनगर नाकामा रेलबाट कन्टेनर जान सुरु भएको छ,’ कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भने । विराटनगर नजिकै सीमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाई विराटनगर नाकाबाट कन्टेनर नेपाल भित्र्याउने सुविधा अब थपिएको हो।

वीरगन्जमा सुक्खा बन्दरगाह स्थापना हुनुअघि यसैगरी कोलकाता बन्दरगाहबाट सीमावर्ती भारतीय सहर रक्सोल स्टेसनमा कन्टेनर मगाई नेपाली व्यापारीले भिœयाउने गरेका थिए । अब त्यस्तै सुविधा नेपालको अर्को ठूलो नाकामा थपिएपछि व्यापारमा यसबाट सहजता हुने अर्यालको भनाइ छ।

बुधबार कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर मालवाहक रेल बथनाहाका लागि हिँडेको हो । उक्त रेल बथनाहा स्टेसनमा आइपुगेपछि त्यहाँबाट नेपाली आयातकर्ताले आफ्नो सुविधा अनुसार प्लेटफर्म ट्रकमा हालेर नेपाल भित्र्याउने छन् ।

कन्टेनर र अरु मालसामान रेलमार्गबाट ढुवानी गर्ने, भारतीय रेल्वेको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कोर)ले उक्त सेवा नेपाली व्यापारका लागि विस्तार गरेर सेवा सुरु गरेको हो । नेपाली सिमानासँग जोडिएको भारतको बिहार प्रान्तको अररिया जिल्लाको सीमावर्ती बजार बथनाहामा पहिलेदेखि रेल स्टेसन छ । उक्त ठाउँमा कन्टेनर ओसारपसारका लागि चाहिने यन्त्र र पूर्वाधार विकासमा कन्कोर लगाएको छ ।

उक्त काम त्यहाँ सकिएर बथनाहा स्टेसन कन्टेनर ओसारपसारका लागि तयार भइसकेपछि कन्कोरले बुधबार पहिलो रेक पठाएको हो ।वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले विराटनगर नाकामा रेलबाट ढुवानी सेवा सुरु भएको भन्दै खुसियाली व्यक्त गरे । वाणिज्य मन्त्रालय, विभाग, महावाणिज्यदूतावास र नेपाली आयातकर्ता लगायतले उक्त सेवाका लागि भारतीय निकायसँग पहल गर्दै आएका थिए । अब नेपाली आयातकर्ताले कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह भएर मगाउने विदेशी मालसामान बोकेका कन्टेनर रेलमार्गबाट सीमापारीसम्म विराटनगर नाकामा आइपुग्ने भएपछि यसबाट तेस्रो मुलुकसँगको व्यापारमा नयाँ सुविधा थपिने भएको छ।

गत वर्ष भारतीय बन्दरगाह भएर विभिन्न मुलुकबाट करिब ७२ हजार कन्टेनर नेपालका लागि आएको थियो भने चालु आर्थिक वर्षमा उक्त संख्या ८० हजार पुग्ने सरोकारवालाको आँकलन छ । नेपालको तेस्रो मुलुकसँगको व्यापारको करिब २० प्रतिशत प्रतिशत हिस्सा विराटनरगर क्षेत्रको हुने गरेको छ । यसरी १६ हजारभन्दा बढी कन्टेनर उक्त नाका भएर ढुवानी हुने गरेकामा कन्कोरले त्यसबाट लाभ लिन व्यावसायिक रुपमा उक्त सेवा सुरु गरेको हो।

सडकमार्गबाट ढुवानी गर्नेभन्दा लागत, भौतिक नोक्सानीको जोखिम र समय बचत हुने भएपछि नेपाली आयातकर्तालाई पनि यसबाट फाइदा पुग्नेछ । तेस्रो मुलुकसँगको व्यापारमा विलम्ब हुँदा आयातकर्ताले सिपिङ कम्पनीलाई विलम्ब जरिवाना समेत बेहोर्नुपर्ने हुन्छ ।
त्यस्ता समस्याबाट छुटकारा र छिटो छरितो व्यापारका लागि विराटनगर नाकामा रेलबाट कन्टेनर आयातको सुविधालाई निजी क्षेत्रले उठाउँदै आएका थिए ।‘हामीले सबै तयारी गरिसकेका थियौं।

रेल मन्त्रालय भन्सार विभाग लगायत ठाउँबाट पूरा गर्नुपर्ने औपचारिकता एक हप्ताअघि आज (बुधबार) देखि सकिएपछि सेवा सुरु गरेका हौं,’ कोन्कोरका पूर्वी क्षेत्रको कार्यालय कोलकाताका मुख्य महाप्रबन्धक रथेन्द्र रमनले भने, ‘यसलाई आज सुरु गर्न ५८ वटा कन्टेनर (२० फिट एकाइमा) हालेर पठाएका छौं, शुक्रबार उक्त रेक बथनाहा पुग्ने अनुमान गरेका छौं ।’ सामान्य रुपमा ९० वटा कन्टेनर (२० फिट एकाइमा) एक रेकमा आउने गरेको छ । उनले उक्त सेवा सुरु गर्न पाएकामा खुसी लागेको प्रतिक्रिया दिए । नागरिक 
    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved