विश्वमै नमूना मानिएको इजरायलको कृषि प्रविधि भित्र्याउदै सरकार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 14, 2018 | 07:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषिमा विश्वमै नमूना मानिएको इजरायलको प्रविधि भित्र्याउने भएको छ । इजराल र नेपाल दुई देशका कृषिमन्त्रीबीच इजरायलमा भएको वार्तापश्चात एक महिनाभित्र द्विपक्षीय सझौता (एमओयू) गर्नेगरी काम अगाडि बढाइएको हो । 

इजरायलमा हालै सम्पन्न अन्तराष्ट्रिय कृषि सम्मेलनमा सहभागी हुने क्रममा इजरायलको प्रविधि नेपालमा ल्याउने विषयमा समझदारी बनेको कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जानकारी दिए । “सम्मेलनका क्रममा हामी छुट्टै दुई देशका कृषिमन्त्री बसेर नेपालमा कृषि यान्त्रीकरणमा इजरायली प्रविधि भित्र्याउन सहमत भएका हौं,” मन्त्री खनालले भने, “अबको एक सातामा प्रस्तावप्रत्र आदानप्रदान गर्ने र एक महिनाभित्रै विस्तृत कार्ययोजना बनाइ सम्झौता गर्नेगरी तयारी अगाडि बढाइएको छ ।” उनले वर्षौं अघिदेखि इजरायल असल मित्रको रूपमा नेपालको कृषि रूपान्तरणमा सहभागी हुन खोजेको तर अब भने औपचारिक रूपमा कृषिमा कार्यक्रमहरू सञ्चालन गर्ने पक्का भएको उनले बताए । 
इजयायल नेपाल दुवैमा मन्त्रालयले समिति गठन गरी सम्झौताको प्रक्रिया र दस्तावेज तयारीमा लागेका छन् । मन्त्रालयका अनुसार सात प्रदेशमा इजरायली प्रविधिमा आधारित सात नमूना कम्युुनिटी फार्मिङ अवधारणामा कृषि फार्म स्थापना गर्ने, नेपालमा कृषिसम्बन्धी तालिम केन्द्र स्थापना तथा तालिम दिनका लागि इजरायलको प्रविधि र प्राविधिक उपलब्ध गराउने विषय र नेपाल सुहाउँदो कृषि यन्त्रको विकासलगायतका विषयमा सहमति भइसकेको छ । इजरायलमा सिँचाइ र माटोको समेत अभाव रहेको तर नेपालमा हावापानी र भूगोल फरक भएको कारण नेपाल सुहाउदो कृषि यन्त्र निर्माणमा इजरायाललाई सघाउन अनुरोध गरिएको र सकारात्मक पनि भएको मन्त्री खनालले बताए । 

मरुभूमिको मुलुक भनेर चिनिने इजरायलमा कृषिमा कम पानीले सिँचाइ गरिने थोपा सिँचाइ र सोही प्रविधिमा आधारित मलखादको वितरण र सानादेखि ठूलासम्म कृषियन्त्रको विकास तथा प्रयोगमा अग्रणि मानिन्छ । इजरायलको थोपा सिँचाइ प्रविधिसमेत व्यवसायीहरूको पहलमा नेपालमा प्रयोगमा आइरहेको छ । विशेषगरी पुष्प खेती र टनेल खेतीमा थोपा सिँचाइ प्रविधि नेपालमा पनि लोकप्रिय मानिन्छ । विश्वमा अपनाइने अत्याधुनिक कृषि प्रणालीको प्रयोगमा इजयाललाइ नमूना मानिन्छ । कृषि भूमिको प्रवन्ध र बजारको ज्ञारेन्टी सरकारले लिइदिने गरेको इजरायल सरकारले सार्वजनिक निजी साझेदारीमा कृषिका परियोजनाहरू सञ्चालन गरिरहेका छन् । 

यसअघि साना किसान विकास बैंक र साना किसान राष्ट्रिय सहकारी संघसँगको सहकार्यमा इजरायलले नेपालबाट बर्सेनि ५ सय युवालाई इजरायलमा तालिम दिँदै आएको छ । साना किसान सहकारीका सदस्यका छोराछोरीलाई छानेर इजरायल पठाउने गरिएको छ भने फर्केपछि उनीहरू व्यवसायीक खेतीमा लाग्ने गरेका छन् । “हाल अध्ययन गर्दै गरेका युवाहरूलाई मात्र पठाइँदै आइएको छ, यो कार्यक्रमअन्तर्गत अब ३५-४० वर्षका युवालाई पनि पठाउने विषय पनि समझादारीमा समेटिने छ,” मन्त्री खनालले भने । 

इजरायले वर्षौंदेखि नेपालसँग कृषिमा सहकार्य गर्न चासो देखाए पनि मन्त्रालयस्तरबाट ठोस पहल हुन सकेका थिएन । इजरायललाई स्वतन्त्र मुलुकको रूपमा पहिलोपटक मान्यता दिएको नेपाललाई इजरायली शासकहरूले नेपाललाई प्राथमिकतामा राख्दै आएका छन् । नेपालसँग औपचारिक रूपमा सरकारीस्तरबाट समझदारी गर्न लागेकोमा इजरायली कृषिमन्त्री, राजदूतलगायतका प्रतिनिधि पनि उत्साहित रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ । कारोबार 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved