दुई मन्त्रालयसहित फोरम सरकारमा जाँदै, ३ मन्त्री पठाउने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 06:36:31 AM मा प्रकाशित

laxmi  sunrise bank

 संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सरकारसँग सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुईबुँदे सहमतिसँगै फोरम तीन मन्त्रीसहित सरकारमा सहभागी हुन तयार भएको हो । दुईबुँदे सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि सरकार र फोरमबीच संवाद हुँदै आए पनि दुई पक्षबीच संविधान संशोधनमा कुरा मिलेको थिएन । तर, प्रधानमन्त्री ओलीले आइतबार संसद्मा आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउँदै फोरमलगायतका दलले उठाउँदै आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने बताएको भोलिपल्ट सरकार–फोरमबीच सहमति भएको हो । प्रधानमन्त्रीसँगको वार्तापछि फोरमले सरकारको नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिँदै आइतबार पक्षमा मतदान गरेको थियो ।

तीन मन्त्रीका लागि दुई मन्त्रालय
तीन मन्त्रीसहित सरकारमा जाने फोरमले दुई मन्त्रालय पाउनेछ । यसअघि भएको छलफलअनुसार प्रधानमन्त्री ओलीले फोरमका लागि स्वास्थ्य र सहरी विकास मन्त्रालय छुट्याएका छन् । ती दुई मन्त्रालयको जिम्मेवारीमा तीन मन्त्री सहभागी गराउने फोरमको तयारी छ । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीसहित राख्ने उसको चाहना छ ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कहिलेसम्म सरकारमा सहभागी हुने तथा संविधान संशोधन प्रक्रिया कसरी कहिलेसम्म अघि बढ्नेजस्ता विषयमा पार्टीभित्र छलफल बाँकी नै रहेको बताए । ‘संविधान संशोधन गर्ने र सरकारमा सहभागी हुने सहमति भइसक्यो । अब, उहाँहरूले रिक्त मन्त्रालयको जिम्मेवारीका साथ सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभए पनि थप छलफल बाँकी नै छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । नयाँ पत्रिका दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved