एकताको २ सातापनि नबित्दै पार्टीको नाम फेर्दै नेकपा अन्डरलाइन, यस्तो छ नयाँ नाम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 07:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ ।

पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

‘हामीले यसअघि अन्डरलाइन राखेरै दर्ता गराएका थियौँ । तर, यसबारे धेरै छलफल ग-यौँ, जनता, बुद्धिजीवी, नागरिक समाजका सुझाब पनि सुन्यौँ । अध्यक्षद्वयसँगको परामर्शपछि अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने गरी परिमार्जन गर्न आयोगलाई आग्रह गर्ने निर्णयमा पुगेका छौँ,’ बैठकमा उपनेता नेम्वाङले भनेका थिए ।

उनले पार्टीको नाम परिमार्जन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बिहीबारै आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ ।

यसअघि आफ्नो पार्टीको नाम राखेर दर्ता गराएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विरोध जनाएका थिए । नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved