संसद बैठकमा मन्त्री उपस्थित हुनको लागि बन्यो तालिका, कुन मन्त्रीको पालो कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 06:18:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सांसदहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि मन्त्रीहरु संसद् बैठकमा नदेखिएपछि मन्त्रिपरिषदले मन्त्रीहरुको पालो तोकेको छ । सरकारले तालिका नै बनाएर मन्त्रीहरु उपस्थित हुनु पर्ने दिन तोकेको कान्तिपुर दैनिकमा खबर छ  

आइतबार

प्रतिनिधिसभा : रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्यमन्त्री

राष्ट्रिय सभा : शिक्षा, खानेपानी र उद्योगमन्त्री

सोमबार 
प्रतिनिधिसभा : गृह, वन, कृषिमन्त्री
राष्ट्रिय सभा : कानुन, सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र पर्यटनमन्त्री

मंगलबार 
प्रतिनिधिसभा : परराष्ट्र, श्रम र युवा
राष्ट्रिय सभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री

बुधबार 
प्रतिनिधिसभा : शिक्षा, खानेपानी, उद्योगमन्त्री
राष्ट्रिय सभा : रक्षा, महिला, पर्यटन र स्वास्थ्यमन्त्री

बिहीबार 
प्रतिनिधिसभा : कानुन, सामान्य प्रशासन, सञ्चार, पर्यटनमन्त्री
राष्टिय सभा : गृह, वन र कृषिमन्त्री

शुक्रबार 
प्रतिनिधिसभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री 
राष्ट्रिय सभा : परराष्ट्र, श्रम र युवामन्त्री

शनिबार
प्रतिनिधिसभा र राष्ट्रिय सभा : 
कानुनमन्त्री, स्वास्थ्य, पर्यटन, कृषि राज्यमन्त्री


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved