प्रधानमन्त्रीको चीन भ्रमणमा ऊर्जाबारे छाता सम्झौता हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल र चीनबीच ‘ऊर्जा सहयोग’ सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतापछि नेपाल र चीनबीच ऊर्जा तथा जलविद्युत् क्षेत्रमा पहिलोपटक सरकारी तहमा औपचारिक सहयोग आदानप्रदान हुनेछ ।

सहयोगअन्तर्गत नेपालको ठूला जलविद्युत् आयोजनामा चीनले लगानी गर्ने, दुई देशबीच अन्तरदेशीय सीमापार उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गर्ने, नेपालका अन्य सम्भाव्य आयोजना अध्ययन गर्ने, दुई देशबीच विद्युत् व्यापार गर्नेलगायत संयन्त्र स्थापित हुने जलस्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरले बताए ।

घिमिरेका अनुसार मन्त्रालयले सम्झौतासम्बन्धी सबै पक्ष समेटेर मन्त्रिपरिषद्मा पारित गर्न प्रस्ताव अघिल्लो साता पठाइसकेको छ । यो सम्झौतामा नेपालले प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरिसकेको छ । तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गत असोजमा प्रारम्भिक हस्ताक्षर गरेका थिए । चीनसित हुने सम्झौताको विषयलाई लिएर सोमबार परराष्ट्र मन्त्रालयमा छलफल पनि भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved