पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न अयोग्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:50:49 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो । 

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय व्यापारिक उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् । पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेक थिए । जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टीमले निर्माणाधीन र निर्माण भइसकेका विमानस्थलका बारेमा यस्तो प्रतिवेदन तयार पारेको हो । 

सरकारले चीनको एक्जिम बैंकसँगको करिब २१ अर्ब ऋण सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गरेको २ वर्ष भइसकेको छ । विज्ञ समूहले आगामी ४० वर्षसम्म मुलुकमा हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेकावाहेक थप अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको छ ।

विज्ञ समूहले २० वर्षमा हवाइ यात्रुको संख्या ३ करोड ३३ लाख ५० हजार पुग्ने अनुमानसहित त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त हुने भन्दै थप अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको बताएको हो । यस्तै, विज्ञ समूहले कम्तिमा ५ वर्षसम्म आन्तरिक विमानस्थलसमेत थप नगर्न सुझाव दिएको छ । सरकारले काभ्रेको नागीडाँडामा विमानस्थल निर्माणका लागि बजेट नै विनियोजन गरिसकेको अवस्थामा विज्ञ समूहले भएकै विमानस्थल सञ्चालन हुन नसकेका बेला सस्तो लोकप्रियताका लागि नयाँ विमानस्थलको निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ 

नेपालमा हाल आन्तरिकतर्फ ३२ वटा विमानस्थल सञ्चालनमा रहेकामा २८ वटा घाटामा छन् । विज्ञ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न तराई क्षेत्रमा चालू अवस्थामा रहेका विमानस्थल रातिको समयमा पनि सञ्चालन गर्न सुझाव दिएको छ । कारोबार दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved