नेपालको श्रीपेज भारतको ट्याग लगाएर चीनमा प्रदर्शन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 06:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

 चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ भित्र नेपालको श्रीपेचलाई भारतीय सामाग्रीका रुपमा प्रदर्शनीमा राखिएको छ । तत्कालीन राजाको मुकुट अहिले नेपाल सरकारको बहुमूल्य सम्पत्तिका रुपमा संरक्षित छ ।

नेपालको श्रीपेच बेइजिङमा प्रदर्शनीमा राखिएको भए पनि नेपाललाई भने यस बारेमा कुनै जानकारी छैन ।

‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा बेइजिङको फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु भएको प्रदर्शनी आगामी असार ४ गतेसम्म रहनेछ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ ।

नेपालको श्रीपेच भारतीय वस्तुको रुपमा प्रदर्शनीमा समेटिँदा गम्भीर त्रुटि भएको देखिन्छ । नेपाल सरकारको संरक्षणमा रहेको अत्यन्त महत्वपूर्ण सम्पत्ति श्रीपेचको प्रदर्शनी गर्दा त्यो सक्कली हो अथवा नक्कली हो भन्ने कुरामा चिनियाँ सरकारले वास्ता गरेको देखिँदैन भने प्रदर्शनी अगाडि नेपालसँग यस बारेमा कुनै परामर्श गरिएको छैन । श्रीपेचको मुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य बस्तुको विवरण लेखिएको छ । कान्तिपुर दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved