सय रुपैयाँको लागि हत्या

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 06:32:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेको समयमा एक सय रुपैयाँले खासै महत्व राख्दैन । एक सय रुपैयाँले सामान्य खाजा पाउन समेत मुश्किल पर्छ । तर एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धाको ज्यान लिएको छ ।


कुरा सय रुपैयाँ बक्यौताको हो । मैनेजर प्रसाद साहको खेतमा मख्खन साहको पम्पसेटबाट पानी हालिएको थियो । त्यसबापत मैनेजरले मख्खनलाई सय रुपैयाँ दिन बाँकी थियो । बुधवार साँझ मख्खनले मैनेजरसंग उक्त रकम मागेका थिए । ‘मख्खनले पैसा तिरेर जान भनेपछि वादविवाद भएको थियो,’ एक स्थानीयले भने, ‘त्यही विवाद बढेर हात हालाहाल हुन पुग्यो ।' त्यही बेला मख्खनका छोरा २० वर्षीय दिपक साहले आक्रोशित भई बासको चिरपट झिकेर मैनेजरको टाउकोमा प्रहार गरेको स्थानीयले बताएका छन् ।

चिरपट प्रहारबाट गम्भीर चोट लागेका ६५ वर्षीय मैनेजरलाई कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बीरगंज पुर्‍याईएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि राजधानीस्थित न्यूरो अस्पताल पुर्‍याईएको थियो । उपचारको क्रममा बिहीबार काठमाडौंमै उनको मृत्यु भएको परिवारले जनाएको छ । मृतकको शव अन्तिम संस्कारका लागि राजधानीबाट घर कलैया ल्याउँदै गरेको आफन्तले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved