प्रतिबन्धित गाडी चलाउन मन्त्री महासेठको चलखेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 06:43:54 AM मा प्रकाशित

laxmi  sunrise bank

 भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।  विभागले गत चैत १ देखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक सवारीसाधानलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो ।

२०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पूर्ण सर्वाजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो १५ वर्ष पुगेका सार्वजनिक सवारीसाधनको हेरफेर दर्तासमेत नगर्न निर्णय भएको थियो ।

यातायात व्यवसायीको दबाबामा मन्त्री महासेठले यसअघि मन्त्रीपरिषद्ले गरेको निर्णय उल्टाउन लागेका छन् । यातायात व्यवसायीले चौतर्फी दबाब दिएकै कारण मन्त्री महासेठले प्रतिवन्धित २० वर्षे गाडी फेरि चलाउन लगोका छन् ।

यातायान व्यवसायीले आर्थिक प्रलोभन देखाएर आफेनो पक्षमा ल्याउन लागेका हुन । त्यसैले मन्त्रीले क्यविनेट बैठकमा लगेर यसलाई फेरि चालाउन लागेका हुन । हालको मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्री आर्थिक प्रलोभनमा परेर व्यसायीसँग मिलेको आरोप लागेको छ । नागरिक दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved