पाँच एआइजीलाई राजीनामा गर्न दबाब, राजिनामा नगरे घटुवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 06:34:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको छ। सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआइजी जानकीराम भट्टराई, निराकारामविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो।

अघिल्लो सरकारले पुस २७ गते सशस्त्र र नेपाल प्रहरीका प्रदेशका लागि सिर्जना गरेका एआइजीका पदलाई नयाँ सरकार (केपी ओली नेतृत्व) ले फाजिलमा राख्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को आइतबार बिहानको बैठकले नेपाल प्रहरीमा एआइजीका प्राविधिकसहित चार र सशस्त्र प्रहरीमा दुई दरबन्दी कायम गरेपछि सशस्त्रतर्फ फाजिलमा रहेका पाँच एआइजीलाई राजीनामा दिन लगाउने तयारी भएको छ।

‘उहाँहरूलाई राजीनामा दिन अनुरोध गरिनेछ। राजीनामा दिनुभएन भने अघिल्लो सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय खारेज गरी उहाँहरूलाई डिआइजीमै घटुवा गरिनेछ,’ गृह मन्त्रालय उच्च स्रोतले भन्यो। गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालमार्फत उनीहरूलाई राजीनामा दिन सन्देश पठाइसकेको छ। आइजीपी खनालले भने यो विषयमा बोल्न चाहेनन्। ‘सरकारले गरेको निर्णय हो। सरकारले नै उहाँहरूको व्यवस्थापन गर्छ। हामी सरकारले जे निर्णय गर्छ सोही कार्यान्वयन गर्छौं’, खनालले भने। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved