राजधानीमा बर्डफ्लु , स्वस्थकर रहन कसरी पकाउने कुखुराको मासु ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 06:31:31 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको गोदावरी नगरपालिकाका गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ । गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्डफ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो । स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरालगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । स्थानीय प्रशासनले ती ठाउँलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

बर्डफ्लुको जीवाणु भेटिएको गोदावरी पूर्वमा गोदावरी जाने नयाँ बाटो, पश्चिममा ललित घुम्ती सडक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा डल्फिन स्कुलको पर्खालसम्मको स्थानलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको हो । यसैगरी, बडिखेलमा पूर्वमा डेक्लेको डिल, पश्चिममा लेले जाने बाटो, उत्तरमा हाबे जाने बाटो र दक्षिणमा ब्लक फयाक्ट्रीसम्मको स्थानसम्म बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको छ ।

बर्डफ्लुको जीवाणु एच फाइभ एन वान नामक भाइरस केही दिनअघि गोदावरी र बडिखेल क्षेत्रका पशुपालकले पालेको ब्रोइलर र लोकल कुखुरामा देखिएपछि त्यहाँ बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बर्डफ्लुको संक्रमण भेटिएकाले प्रभावित ठाउँमा तीन महिनासम्म पन्छी पालनमा रोक लगाइएको बताए । उनले गोदावरी र बडिखेल क्षेत्रका थप कुखुरा फर्ममा बर्डफ्लुको संक्रमण आउने सम्भावनालाई मध्यनजर गर्दै त्यहाँ संक्रमण परिधि तोकेर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि बताए ।

पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएको संयुक्त टोलीले ४ हजार ४८० कुखुरा र हाँस नष्ट गरेको छ । टोलीले बडिखेल र गोदावरीमा गरेर ४ हजार ४८० वटा पन्छी नष्ट गरेको छ । पन्छीमा ब्रोइलर तथा लोकल कुखुरा र हाँस परेका छन् । जसअनुसार बडिखेलमा ९२० र गोदावरी महादेव डाँडामा ३ हजार ४४४ ब्रोइलर कुखुरा नष्ट गरेको कार्यालयले जनाएको छ ।

यसैगरी बडिखेलमा ७५ वटा र गोदावरीमा ४१ वटा लोकल कुखुरा नष्ट गरेका हुन्  । महादेव डाँडामा पाँचवटा हाँस पनि नष्ट गरिएको छ । दुवै क्षेत्रमा गरेर १ हजार ९७२ केजी दाना पनि नष्ट गरिएको छ ।

बर्डफ्लु भेटिएका फर्म र आफूखुसी निजी घरमा पन्छी पाल्नेसँगै आसपासमा बस्नेहरूले पनि सतर्कता अपनाउनुपर्ने जिल्ला पशु सेवा कार्यालय ललितपुरले आग्रह गरेको छ । सो कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद साहका अनुसार केही दिनअघि बर्डफ्लुका जीवाणु भेटिएका फर्ममा सिलसमेत गरिएको छ । उनले ती फर्ममा बिर्कोन, चुनालगायतका विभिन्न औषधि हालेर राखेको तीन महिनापछि भने पन्छी पाल्न हुने बताए । बर्डफ्लुको भाइरस मानव स्वास्थ्यका लागि निकै खतरनाक भएकाले यसबाट जोगिन बर्डफ्लु संक्रमण भेटिएको ठाँउमा सकेसम्म नजान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु क्षेत्रमा शनिबारदेखि प्रवेश निषेध गरिएको छ ।

हाँसबाट कुखुरा वा पन्छीमा सरेपछि लक्षण देखा पर्ने बर्डफ्लु पन्छीसँगको सम्र्पकमा आएपछि मान्छेमा पनि सर्ने सम्भावना भएको पशुविकास अधिकृत डा. साह बताउँछन् । ‘बर्डफ्लु भएको क्षेत्रमा जाँदा सावधानी अपनाएर जानुपर्छ, कुखुराको खोरको मलसँगको सम्पर्क र ओसारपसार गर्नाले पनि सर्न सक्ने खतरा हुन्छ ।बर्डफ्लु लागेमा फोक्सोमा संक्रमण हुने, ज्वरो आउने, छिनछिनमा वाकवाकी लाग्नेजस्ता लक्षण देखा पर्छन्,’ डा. साहले भने, ‘श्वासप्रश्वासमा कठिनाइ भई मृत्यु हुनेसमेत सम्भावना हुन सक्छ ।’
कुखुरा फार्मको खोरमा प्रवेश गर्न‘अघि छुट्टै पोसाक, जुत्ता, पन्जा, माक्स लगाउन अनुरोध गरिएको छ । खोर वरिपरि चुना छकर्ने, बिर्काेन औषधि प्रयोग गर्ने, कुखुराको प्रत्यक्ष सम्पर्कमा आएपछि साबुनपानीले हात धुने बानी बसाल्न पनि पशु चिकित्सकको सुझाव छ ।

कुखुराको मासु कसरी खाने ?

उपत्यकामा पछिल्लो समय धेरैका घरका भान्छामा कुखुराको मासु पाक्ने गरेको छ । बर्डफ्लुको संक्रमण आएको सन्दर्भमा धेरैलाई अब कुखुराको मासु खानै हुँदैन कि भन्ने लाग्छ । तर सबैतिर बर्डफ्लु लागेको छैन । तैपनि केही सावधानी अपनाएर मासु खान  भने सकिन्छ ।
बजारबाट ल्याएको मासुलाई हातमा ग्लोब या पन्जा लगाएर राम्रोसँग पखाल्ने र त्यसलाई प्रेसर कुकुरमा सिठी लगाएर पकाएर खानुपर्छ । सय डिग्री सेल्सियस तापक्रममा पकाएको मासु स्वस्थकर मानिन्छ । सो तापक्रममा बर्डफ्लुको जीवाणु  बाँच्न सक्दैन । राजधानी दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved