उपभोक्ताले खाने दूधमा सोडा, रसायनदेखि युरिया र नुन समेत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 06:29:15 AM मा प्रकाशित

laxmi  sunrise bank

उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । 

काठमाडौं उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो ।

नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कारबोनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।

दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि कृषिमन्त्री खनालले सोमबार राजधानीका ४ वटा डेरीमा छापा मारेका थिए । त्यसअघि नै उनले २५ वटा डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउच संकलन गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved