अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स, चार वटा छपाई प्रिन्टर मेसिन आयो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 06:31:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अव हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनको लागि महिनौ कुर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

विभागसँग पाँच वटा मात्र छपाई मेसिन हुँदा माग बमोजिम छपाई गर्न सकेको थिएन । तर चारवटा आधुनिक प्राविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक रुपमा पाँच हजार स्मार्ट कार्ड छपाई हुने भएको छ । हाल दैनिक चार हजार देखि ४हजार ५ सयसम्म स्मार्ट लाइसेन्सको माग गरेको छ ।

नौ वटा छपाई मेसिन सञ्चालनमा आएपछि अबको दुई महिनापछि सेवाग्राहीहरुले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताउनुभयो । उहाँले हाल नविकरण सहित दैनिक चार हजारदेखि ४५ सयसम्मको माग गरेको बताउदै छाप्न बाँकी करिब २ लाख भन्दा बढी सवारी अनुपतिपत्रको काम दुई महिनाभित्र सम्पन्न हुने बताउनुभयो ।

प्रवक्ता अर्यालयले नेपाल समाचारपत्रसँग भन्नुभयो,– ‘विभागले बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म स्मार्ट लाइसेन्स छाप्ने काम गर्दै आएको छ, सेवाग्राहीहरुलाई सहज र छिटोछरितो ढंगले सेवा प्रवाह गर्ने कार्यमा लागिरहेको छौं ।’
अहिलेको अवस्था अनुसारको माग रहे सेवाग्राहीले एक महिना कुर्नुपर्ने अवस्था पनि हटन सक्ने बताउदै उहाँले स्मार्ट लाइसेन्स लिनको लागि महिनौ कुर्नुपर्ने बाध्यता हट्ने दावी गर्नुभयो ।

सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्ड वितरण अभियान थालेको थियो । तर पर्याप्त छपाई मेसिन प्रिन्टरको कमी हुँदा समयमा नै लाइसेन्स वितरण गर्न सकेको थिएन ।

अर्यालका अनुसार पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको बताउदै कार्डको अभाव हुन नदिने बताउनुभयो । प्रवक्ता हालेसम्म करिब ४ लाख भन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved