स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 06:33:21 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ । संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन् ।

सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैँलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको हो । कर्मचारी समायोजन, ऐनहरू निर्माण, प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति गर्दासम्म कम्तीमा एक वर्ष समय लाग्ने अनुमान छ ।

स्थानीय तहमा करिब ५४ हजार कर्मचारी आवश्यक रहेकोमा करिब १५ हजार अझै खटाउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ‘करिब ९० प्रतिशत स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइसकेका छौँ, बाँकीमा असार मसान्तलगत्तै खटाउँछौँ,’ सचिव दिनेशकुमार थपलियाले नयाँ पत्रिकासँग भने, ‘तर, समायोजनपछि पनि सबै वडा कार्यालयमा चाहिँ कर्मचारी पु-याउन सकिँदैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved