बाजेको सेकुवा ब्रान्ड बन्द गर्न सरकारको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 07:40:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरू नै नाममा सञ्चालन गर्न आदेश दिएको हो।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको अनुसन्धान टोलीले शुक्रबार र आइतबार ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो। सातदोबाटोस्थित बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालकसमेत रहेका पोषणकुमार रिजालले मन्त्रालयले आफूहरूलाई बोर्ड र लोगो हटाउन लगाएको बताए। ‘मन्त्रालयबाट यस्तो आदेश आएपछि आफूहरूले बोर्ड, लोगो तथा मेनुसमेत हटाएका छौं। अनुसन्धान अवधिभर प्रतिवादीसँग कारोबार नगर्नुस् भनिएको छ,’ रिजालले भने।

उनका अनुसार बाजेको लोगो र बोर्ड हटाएपछि व्यापारमा कमी आएको छ। ‘हाम्रो व्यापारमा निकै कमी आएको छ तर सरकारले भनेपछि हटाउनु परेको हो। संगठित अपराधमा मुद्दा लागेका मानिससँग कारोबार गर्दा आफूहरू पनि जोडिने सम्भावनाका कारण बोर्ड, लोगो र मेनु हटाएर रेस्टुरेन्ट चलाउन थालेका छौं’, रिजालले भने।

कानुनबमोजिम अनुमति लिएर गरिने काममा कानुनबमोजिम नै कारबाही हुने भए पनि अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई कारोबारमा रोक लगाएको छ। ‘संगठित अपराध पुष्टि भयो भने मात्रै ब्रान्ड साझेदारी बन्द हुन्छ अन्यथा बन्द गराउन पाइँदैन,’ कानुनविद् अधिवक्ता अनन्तराज लुइँटेलले भने। उनका अनुसार पेसा, रोजगार र व्यवसाय गर्न संविधानअनुसार नै पाइन्छ । तर, कानुनविपरीत भएको पुष्टि भएपछि मात्रै बन्द गराउन पाइन्छ। कुनै पनि कारोबार नगर्नुस् भनिएकाले ब्रान्ड नै हटाएको ब्रान्ड साझेदारहरूले जनाएका छन्।

हाल काठमाडौमा सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्ट भने ब्रान्ड साझेदारमात्रै हुन्। नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved