प्रस्तावित प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 08:30:50 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् । 
संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । घिमिरेले भन्नुभयो, ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ । हामीले शुक्रबारदेखि सुरु हुनेगरि दश दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौँ ।’ 
उजुरी समिति सचिवालयमा दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्नेछ । समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । 
संवैधानिक परिषद्ले जेठ २९ गते प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस गरेको थियो । यसैवीच समितिको बिहीबारको बैठकले सुनुवाइको कार्यविधि पारित गरेको छ । समितिले कार्यविधिमा सुनुवाइसम्बन्धी यसअघिका व्यवस्थालाई नै निरन्तरता दिएको छ । 
कुनै पनि पदाधिकारीलाई समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा स्वीकृत हुने व्यवस्था गरेको छ । यस्तै, समितिमा सुनुवाइका लागि पत्र प्राप्त भएका मितिले ४५ दिनभित्र सुनुवाइ सम्पन्न गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।सुनुवाइ नभए नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved