भूकम्पपीडितलाई ल्याईएको जस्तापातका कारण साल्ट टेडिङलाई १८ करोड घाटा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 08:44:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले समयमै जस्तापाता विक्रीको निर्णय नगर्दा नगर्दा साल्ट्र टेडिङ कर्पाेरेसनलाई १८ करोड रुपैयाँ घाटा भएको छ । भूकम्प गएलगत्तै सरकारको निर्देशनमा खरिद गरिएका ५० हजार जस्तापाता विक्री नहुँदा कर्पाेरेसनलाई १८ करोड ३ लाख रुपैयाँ घाटा भएको हो । सरकारी भवन, शिक्षा, स्वास्थ्य चौकी निर्माण गर्ने भनेर खरिद गरिएका जस्तापाता प्रयोग नहुँदा कर्पाेरेसनले यति ठूलो रकम घाटा बेहोर्नुपरेको हो । महँगो मूल्यमा खरिद गरिएका उच्च गुणस्तरका ५० हजार बन्डल जस्तापाता तीन वर्षदेखि गोदाममै थन्किएका छन् । विक्रीका लागि तीन पटकसम्म टेन्डर आह्वान गर्दा पनि खरिद मूल्य नपरेकाले घाटा रकम उपलब्ध गराउनका लागि कर्पाेरेसनल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । सरकारको निर्देशनमा कर्पाेरेसनले भूकम्प गएलगत्तै ३० करोड रुपैयाँमा ५० हजार बन्डल जस्तापाता खरिद गरेको थियो । 

“जस्तापाता विक्रीका लागि तीन पटकसम्म टेन्डर आह्वान गर्दा पनि २२ करोड रुपैयाँभन्दा धेरैका लागि आवेदन परेन,” कर्पाेरेसनका विभागीय प्रमुख पंकज जोशीले भने, “जस्तापाताबाट हामीलाई ब्याजसहित १८ करोड रुपैयाँ नोक्सान भएकाले जुन रकम सरकारले उपलब्ध गराउनुपर्छ ।” ३० करोडमा खरिद गरिएका जस्तापाता विक्री नहुँदा तीन वर्षमा बैंकको ब्याज नै बढेर ४० करोड रुपैयाँ पुगेको छ,” उनले भने, “टेन्डर गर्दा पनि खरिद मूल्य नपरेकाले फरक रकम सरकारले व्यवस्था गरिदिनुपर्छ ।” बैंकको ब्याज, गोदाम भाडा, सेवा शुल्क गर्दा ४० करोड रुपैयाँ पुगेको कर्पाेरेसनको भनाइ छ । 

कर्पाेरेसनले पहिलोपटक टेन्डर गर्दा १६ करोड ८४ लाख ९६ हजार रुपैयाँको टेन्डर परेको थियो । दोस्रो पटक गरेको टेन्डर प्रक्रिया पूरा नभएर रद्द भएको थियो । पुनः तेस्रोपटक गत ९ जेठमा टेन्डर आहवान गर्दा ६ वटा कम्पनीले टेन्डर गरेकोमा सबैभन्दा बढी २२ करोड १३ लाख ३२ हजार २ सय १९ रुपैयाँको टेन्डर परेको थियो । मन्त्रालयकी उपसचिव उर्मिला केसीले जस्तापातामा भएको नोक्सान के गर्ने भनेर कुनै निर्णय नभइ बिचाराधीन अवस्थामा रहेको बताइन् । “कर्पाेरेसनले जस्तापातामा २२ करोड नोक्सान भएकोले सो रकम उपलब्ध गराउन प्रस्ताव पेश गरेको छ,” उनले भनिन्, “तीन पटकसम्म टेन्डर गर्दा कम रकम आएकाले पनि नोक्सान रकम के गर्ने भनेर कुनै निर्णय भएको छैन ।” 

तीन पटकसम्म टेन्डर गर्दा परल मूल्य नपरेकाले ब्याजसहितको घाटा रकम सरकारले उपलव्ध गराउनुपर्ने कर्पाेरेसनको भनाइ छ । यसअघि लामो समयसम्म विक्री नभएपछि कर्पाेरेसनले पटक–पटक विक्री खुला गर्नका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । भूकम्पपछि खरीद गरेको जस्तापाता विक्री गर्न कर्पोरेसनले २ वर्षपछि स्वीकृति पाएको थियो । भूकम्प गएलगत्तै कर्पाेरेसनले जिन्दल इण्डिया लिमिटेडबाट ५० हजार बन्डल जस्तापाता खरीद गरी आयात गरेको थियो । भूकम्पको बेला ल्याइएका ती जस्तापाता उच्च गुणस्तरका हुन् । बजार मूल्यभन्दा महँगो भएको र समयमा विक्री गर्ने अनुमति नपाउँदा लामो समयदेखि गोदाममा थन्किएका छन् । कर्पाेरेसनको पर्साको वीरगन्ज तथा काठमाडौंको सतुंगल कार्यलयमा जस्तापाता राखिएको छ । कारोबार दैनिक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved