टिपरको संरचना नै दुर्घटना निम्त्याउने खालको

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 08:15:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सीताराम हाछेथु, प्रहरी निरीक्षक

अहिले टिपरले दैनिक दुर्घटना निम्त्याइरहेका छन् । यसको प्रमुख कारण त्यसको ‘बडी स्ट्रक्चर’ नै हो । मैले धेरै टिपर चालकसँग सोधिसकें । र आफैं पनि चालक सिटमा बसेर हेरेको छु । चालक सिटबाट अगाडि बायाँतर्फको सवारी देखिँदैन । अगाडिको बम्पर पाँच फिट लामो हुन्छ । चालकले दायाँतर्फको लुकिङ ग्लासबाट सात फिट उचाइसम्मको सवारीसाधन मात्रै देख्छ । त्योभन्दा कम उचाइको भाग देख्दैन ।

अर्को कारण टिपरको संरचना फलामै फलामबाट बनेको एउटा ढिक्का जस्तै हुन्छ । अर्को सवारीले ठक्कर दिए पनि टिपर चालक जोगिने हुँदा उनीहरूमा अहंता बढी देखिन्छ । यो सँगै अधिकांश टिपरका चालक बढी जसो युवा छन् । अधिकांश साना सवारी टिपरको बायाँ भागबाट ओभरटेक गर्दा दुर्घटना हुँदा भएको देखिन्छ । आर्थिक बोझ नहुने भएपछि चालकमा लापरबाही बढेको हो । गाडी बिग्रियो, लाइसेन्स ट्राफिकले लियो, चालकले मान्छे नै मार्‍यो भने पनि सबै साहूले सबै आर्थिक व्ययभार बेहोर्छन् । चालकमा कुनै आर्थिक व्ययभार देखिँदैन।

मान्छे मार्दा पनि चालकको लाइसेन्स निलम्बन नहुने व्यवस्थाका कारण दुर्घटना बढेका हुन् । ट्राफिकले लाइसेन्स समातेको २४ घण्टाभित्र साहू वा चालकलाई बुझाउनुपर्ने नियम छ । दुर्घटनामा मिलापत्र भएपछि गाडी र चालकलाई छाड्नैपर्‍यो । तर दुर्घटनाका घाइते ६ महिनासम्म हस्पिटलमा उपचार भइरहे पनि चालकले गाडी निर्बाध गुडाइरहन्छन् । त्यसैले ठूला दुर्घटना निम्त्याउने चालकको लाइसेन्स निलम्बन गर्ने नियम आउनुपर्छ । त्यसैले २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्न जरुरी छ । ऐनमा जन्मकैदसम्मको व्यवस्था भए पनि चालक जेलबाट छुट्नेबित्तिकै गाडीको सिटमा बस्ने परम्परा रोक्नुपर्छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved