निद्रामै निल्यो पहिरोले

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 08:54:55 AM मा प्रकाशित

laxmi  sunrise bank

गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए पर्वत जिल्ला जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए ।

सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले घर नै पुरियो । गड्याङगुडुङको आवाज आएपछि राति एक बजे बमबहादुर र उनकी श्रीमती घर बाहिर निस्कन सफल भए तर घरभित्रको माथिल्लो खाटमा सुतेका छोरा विकास परियार भने पहिरोले पुरिए । भर्खर कमाइ गर्न थालेको छोरो पहिरोले पुरिएपछि बमबहादुरको परिवारमा ठूलो बज्रपात परेको छ ।

अध्यारोमा आफ्नै ज्यान जोगाउन मुस्किल भएपछि बाहिर निस्केर विकासलाई ठूलो स्वरमा चिच्चाएर बोलाए तर उनी निद्रामै भएकाले सुनेनन् जतिबेला उनलाई पहिरोले पुरिसकेको थियो । बमबहादुरका २ वटा छोरा छन् । जसमध्ये विकास जेठा हुन् भने अर्का विद्यालय पढ्दै छन् ।

त्यसपछि पहिरोले पुरै घर पुरेकाले विकास पनि पुरिएका थिए । उनको शव बिहान सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा पहिरो पन्छाएपछि मात्र भेटिएको थियो । विपन्न तथा सुकुम्बासी परिवारका २६ वर्षीय विकास ट्याक्टर चालक हुन । दिनभरी ट्याक्टर चलाएर फर्किएका उनी सुतेकै ठाउँमा चीर निद्रामा परे । पहिरोका कारण बमबहादुरको मात्र हैन स्थानीय विपन्न परिवारका अन्य १४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहान हेर्दा पहिरोले असर नगरेको कुनैपनि घर नरहेको वडा नं. ८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गाउँको इमान्दार तथा भविष्यमा आशालाग्दो युवालाई पहिरोले पुरेर ज्यान गुमाएपछि सिंगो दलित बस्ती शोकमा डुबेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved