दसैं उपहारमा मेलम्ची पानी ‘असम्भव’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 08:25:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकाबासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए (छेडिए) पछि उत्साही सरकारले आगामी दसैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी रेभेना कामलाई ढिलाउन उद्यत देखिएको छ । यद्यपि सिएमसीले सुरुङ ढलान रोकेको भने छैन । कामलाई गति पनि दिएको छैन । ‘ठेकेदारले कामलाई एकरुपता दिन सकेको छैन,’ मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने, ‘उतारचढाव भइरहेको उसको कामले एक दिन उत्साही बनाउँछ अर्को दिन निराश ।’  

सुरुङ ब्रेक थ्रु हुँदा तीन किलोमिटर फिनिसिङ र ढलान भइसकेको थियो । त्यसयताका तीन महिनामा ठेकेदारले थप चार किलोमिटर मात्र ढलान सकेको छ । जब कि सम्पूर्ण सुरुङ फिनिसिङको काम तीन महिनामा सकिने आयोजनाको अनुमान थियो ।

आयोजनाको अनुमानअनुसार साउन पहिलो साता मेलम्ची पानी सुन्दरीजल खसिसक्नुपर्ने बेलामा ठेकेदारले बल्ल ७.४ किलोमिटर सुरुङ फिनिसिङको काम सकाएको छ । प्रवक्ता पन्त ठेकेदारले अझै कामलाई तीव्रता नदिए असोजको भाखा सर्ने सम्भावना देख्छन् । ‘सुरुङ ढलान जटिल काम नभएकाले दसैंको भाखा असम्भव भने छैन । तर ठेकेदारले काम चाहिँ गर्दिनुप¥यो,’ उनले भने । निर्धारित समय धकेलिन नदिन आयोजना ठेकेदारलाई मनाएर, फकाएर तथा विश्वासमा लिएर काम सम्पन्न गराउने रणनीतिमा छ।

भूकम्प, नाकाबन्दी जस्ता समस्या देखाएर म्याद थप्न दबाब दिने, कामदार, सामग्रीलाई भुक्तानी दिन नसकिएको भन्दै थप रकम निकासा माग्ने लगायत बहाना बनाएर ठेकेदारले काम ढिला गरिरहेको आयोजना स्रोतले बतायो । ‘एउटा समस्या सल्टायो, तुरुन्तै अर्को अत्तो थाप्ने ठेकेदारको प्रवृत्ति दोहोरिरहेको छ,’ लामो समय आयोजनामा कार्यरत रही हालै अवकाश प्राप्त एक अधिकारीले भने। नागरिक दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved