विदेशमा तोकिएको तलब नपाए म्यानपावरको धरौटीबाट भराइने, साँगामा जाइकाले सुुरुङमार्ग बनाइ दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 09:30:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयहरुलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन्  । कान्तिपुर दैनिकले गएको आर्थिक वर्ष काठमाडौं उपत्यकाबाहिर सेयर कारोबार करिब साढे दस प्रतिशतले बढेको समाचारलाई प्राथमिकता दिएको छ । मुलुकका प्रमुख सहरहरूमा धितोपत्र कारोबार विस्तार हुनुका साथै सर्वसाधारणमा सेयर बजारसम्बन्धी जानकारी बढेपछि उक्त अवधिमा मोफसलमा सेयर कारोबार बढेको हो । कान्तिपुर मै पछिल्लो समय बजार अनुगमनको संख्या मात्रै धेरै भएको तर कारबाही भने नहुने गरेको समाचार छ  । 

त्यस्तै अलैंचीको मूल्य लगातार ओरालो लागिरहेका बेला नेपालको अलैंचीको अवस्था अध्ययनका लागि चिनियाँ टोली आउने समाचार कान्तिपुरमा रहेको छ । यस संगै किसानहरुले भरपर्दो बजार पाउने आशा गरेका छन्  । 

नयाँ पत्रिका दैनिकले विदेशमा तोकिएको तलब नपाए म्यानपावरको धरौटीबाट भराइने समाचार छापेको छ । दुबई गएका ६ जना कामदारले सम्झौताअनुसार नपाएको तलब म्यानपावरबाट क्षतिपूर्तिस्वरूप भराउने वैदेशिक रोजगार विभागले निर्णय गरेको छ । दुबईबाट फर्केका कामदारको उजुरीका आधारमा उनीहरूले काम गरेको ८ महिनाको अपुग तलब र जाँदाको न्यूनतम सेवा शूल्कबापत प्रतिव्यक्ति ३ लाख २७ हजार २ सय ६० रुपैयाँ म्यानपावरको धरौटी रकमबाट उपलब्ध गराउने निर्णय गरेको हो । 


नयाँ पत्रिका मै १ सय नयाँ पर्यटकीय गन्तव्य थपिदै गरेको समाचार छ  । चालू आर्थिक वर्षभित्रै देशभर थप नयाँ १ सय पर्यटकीय गन्तव्य थपिँदै छन् । नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्न नसकेको आरोप लाग्दै आएको सरकारले यसपटक भने बजेटमै गन्तव्य खोजी गर्ने कार्यक्रमलाई समेटेको थियो । सोहीअनुसार नेपाल पर्यटन बोर्डले सम्भाव्य गन्तव्य स्थलका लागि मापदण्ड बनाएर प्रस्ताव आह्वान गरेको छ ।

अन्नपुर्ण पोस्टले भक्तपुुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुुरुङमार्ग बनाइ दिने समाचार छापेको छ । नागढुुंगामा सुुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो। अन्नपुर्ण पोस्ट मै गत आर्थिक बर्षमा धेरै कर तिर्ने १० ठुला कम्पनीको चर्ह्च गरिएको छ  । जस अनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कर निजी दूरसञ्चार कम्पनी एनसेलले तिरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा एनसेलले सरकारलाई १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ । 

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम नौ अर्ब ९६ करोड तिरेर दोस्रो धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ठूला करदाता कार्यालयले एक खर्ब ४८ अर्ब ७५ करोड कर संकलन गरेकामा यी दुई कम्पनी क्रमसः पहिलो र दोस्रो धेरै तिर्नेमा सूचीकृत भएका हुन् । आव २०७३÷०७४ मा पनि सबैभन्दा बढी कर एनसेले नै तिरेको थियो । त्यस वर्ष एनसेलले १४ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको थियो । यसैगरी अघिल्लो आवमा नेपाल टेलिकमले १३ अर्ब ४८ करोड कर तिरेको थियो । गत वर्ष टेलिकमको करमा भने ठूलो गिरावट आएको छ ।

नेपाल आयल निगमले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्न लिजमा जग्गा लिने भएको समाचार पनि अन्नपुर्णमा छ। जग्गा खरिद गर्दा विवाद आउने सम्भावना देखिएपछि उसले यस्तो निर्णय गरेको हो।

कारोबार दैनिकले चरम ऊर्जा संकट (लोडसेडिङ) लगायतका कारणले एक दशक अवधिमा नेपालले औषत ७ प्रतिशतका दरले आर्थिक वृद्धिको अवसर गुमाएको एक अध्ययनले देखाएको समाचार छापेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले २०१६ सम्म यो अंकको आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको हो ।

कारोबार मै गृह मन्त्रालयले मुलुकलाई बर्सेनि अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको खबर छ । त्यस्तै अमलेखगन्जमा पेट्रोलियम पाईपलाइन राख्ने काम पूर्ण रुपमा रोकिएको खबर पनि कारोबारमा छ ।

गोरखापत्र दैनिकले माथिल्लो तामाकोशीको जलविद्युत आयोजनाको भौतिक काम ९९ प्रतिशत सकिएको समाचार छापेको छ । त्यस्तै मार्सी धान उत्पादन बढाउन जुम्ली किसान जुर्मुराएको खबर गोरखापत्रमा छ । किसानले यस वर्ष लगाएको मार्सी सुरक्षित गर्न गोडमेल सुरु गर्नुका साथै गुणस्तरीय उत्पादन गरी बिक्रीको सोच बनाएका छन् । जुम्लामा जेठको अन्तिमदेखि असारको पहिलो सातामा रोपाइँ सकिन्छ र असारको दोस्रो सातादेखि साउनभर गोडमेल गरिन्छ ।

नागरिक दैनिकले सरकारले पुर्बधार आयोजनाको ३ बर्षसम्म मर्मत सम्भार निर्माण गर्ने ठेकेदारले नै गर्नु पन्रे नियम ल्याएको समाचार छापेको छ । त्यस्तै नागरिक मै सरकारले कृषि तथा दुग्धजन्य पदार्थ आयातमा राजश्य बढाउने तयारी गरेको खबर छ । १० बाणिज्य बैंकहरुले विदेश बाट ऋण ल्याउन आशय व्यक्त गरेको समाचार पनि नागरिकमा रहेको छ । जस मध्ये एनएमबि बैंकले स्वीकृति पाई सकेको समाचारमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved