विश्व बैंकले सहायता दोब्बर गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 08:37:21 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालमा गर्दै आएको लगानी/सहायतालाई दोब्बर बनाउन सहमति जनाएको छ । अर्थमन्त्री युवराज खतिवडा र बैंकका कार्यकारी निर्देशकहरूबीच मंगलबार भएको छलफलपछि लगानी दोब्बर बनाउन बैंक सहमत भएको हो ।

अर्थमन्त्री खतिवडाले उक्त बैठकमा नेपालको पाँचवर्षे विकास साझेदारी खाका प्रस्तुत गरेका थिए । विश्व बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ३० करोड डलर (करिब एक खर्ब ४० अर्ब रुपैयाँ) बराबरको ऋण र अनुदान सहयोग नेपाललाई प्रदान गरेको थियो । ‘पछिल्लो चार वर्षमा बैंकले प्रदान गरेको सहयोग रकम दोब्बर बनाउन हामीले आग्रह गरेका थियाैं,’ अर्थमन्त्री खतिवडाले भने, ‘बैंक यसमा सहमत भएको छ ।’

विश्व बैंकले दिने अधिकांश सहायता रकम सहुलियतपूर्ण ऋण हुनेछ । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) मार्फत नेपालले सहायता लिने हो । नेपालले सहुलियतपूर्ण ऋण मात्रै लिने गरेको छ । अनुदान भने विश्व बैंकले तीन वर्षअघिदेखि करिबकरिब हटाइसकेको छ । ऋण कार्यान्वयनका क्रममा आवश्यक सानो रकम मात्रै अनुदानका रूपमा आउने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्रीले प्रस्तुत गरेको खाकामा भने रकम खुलाइएको छैन । मुलुक संघीयतामा गइसकेपछिको नयाँ संरचना, त्यसमा भइरहेको कामबारे विश्व बैंकले चासो भने राखेको छ । सहायतासम्बन्धी खाकामा छलफल गर्न साधारणतया यसअघि अर्थमन्त्री नै वासिङटन जाने चलन थिएन । कान्तिपुर दैनिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved