एनसेलको कर असुल्न नयाँ प्रक्रिया, मलेशियाले जीटूजी सम्झौता गरेर नेपाली कामदार लाने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 09:42:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साउन ३० गते बुधबार प्रकशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् । 

अन्नपुर्ण पोस्ट दैनिकले नेपाल बिद्युत प्राधिकरणको खुद नाफा एक अर्ब पुगेको समाचार छापेको छ ।  कुनै बेला वार्षिक आठ अर्ब रुपैयाँ घाटा खाएको विद्युत् प्राधिकरणमा सुधारका संकेत देखिन थालेका छन्। प्राधिकरणको वार्षिकोत्सवको पूर्वसन्ध्यामा उसले तयार गरेको अन्तिम आँकडाअनुसार गत आर्थिक वर्ष एक अर्ब एक करोड रुपैयाँ खुद नाफा हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिददरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयनलगायतबाट प्राधिकरण बढी नाफा गर्न सफल भएको हो। चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ थप आम्दानी भएको छ।  

अन्नपुर्ण मै डलर हालसम्मकै महँगो भएको खबर छ ।   अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हालसम्मकै महँगोे भएको छ। राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ २०पैसा बिक्रीदर तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो। अमेरिकी डलर एकै दिनमा एक रुपैयाँ ७७ पैसाले मजबुत बनेको छ। सोमबार एक अमेरिकी डलर बराबर एक १० रुपैयाँ ४३ पैसा विनिमय दर तोकिएको थियो।

नयाँ पत्रिका दैनिकले पनि नेपाल बिद्युत प्राधिकरणको खुद नाफा एक अर्ब पुगेको समाचार छापेको छ । त्यस्तै नेपाल दुरसंचार प्रधिकर्नाको अध्यक्षमा केहि समय अगाडी बर्खास्तीमा परेका दिगम्भर झा लाइ नै ल्याउने तयारी गरेको खबर   । सरकारले प्रक्रिया मिचेर नयाँ अध्यक्ष चयन गर्न लागेको हो।

त्यस्तै भारतीय बिस्कुट तथा बेकरी ब्राण्ड ब्रिटानियाले डेढ बर्ष भित्र नेपाल मै १ अर्ब लगानीमा उद्योग खोलेर बेकरी र बिस्कुट उत्पादन गर्ने खबर पनि नयाँ पत्रिका दैनिकमा छ  । हुलाकी राजमार्ग बनाउन भारतले ४७ करोड प्रदान गरेको समाचार पनि नयाँ पत्रिकामा छ । नागरिक दैनिकले सिक्टा सिचाई आयोजनाको नहर निर्माणको क्रममा चौथो पटकसम्म कमिशनमा पेटी ठेक्का दिइएको पाईएको समाचार छापेको छ । 

कान्तिपुर दैनिकले भारतबाट समान आयात गर्दा पनि एलसी आवश्यक भएको समाचार छापेको छ । भारु ५ करोड भन्दा माथिको सामना आयात गर्दा अनिवार्य रुपमा एलसी खोल्नु पर्ने भएको हो । मंगलबार राष्ट्र बैंकले यस्तो निर्देशन जारि गरेको हो ।

मलेशिया नेपालसंग श्रम सम्झौता गर्न इच्छुक रहेको खबर र  प्राधिकरणको नाफा १ अर्ब पुगेको खबर पनि कान्तिपुरमा छ । कान्तिपुर मै ऐनसेलको कर उठाउन नयाँ प्रक्रिया शिर्षकको समाचार छ । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । 

कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ ।  व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठुला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए ।

कारोबार दैनिकले नेपालसँग जीटूजी सम्झौता गर्ने मलेसियाको तयारी सम्बन्धि खबर छापेको छ  । मलेसिया सरकारले आफनो देशमा विदेशी कामदारको अभाव हुन थालेपछि नेपालसँग सरकारीस्तरमै (जीटूजी) सम्झौता गर्ने तयारी गरेको छ । मलेसिया सरकारले नेपाली कामदार माग गर्ने विषयमा जीटूजी सम्झौता गर्ने तयारी गरी सो प्रस्ताव त्यहाँको मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । 

मलेसियाकिनी अनलाइनले मंगलबार प्रकाशित गरेको समाचारमा मलेसिया सरकारले वेस्टिनेट एसडीएन बीएनडी नामक कम्पनीसमेत खारेज गरेको छ । यो कम्पनीले भिसा र अन्य प्रक्रियाका नाममा नेपाली कादारसँग धेरै रकम असुलेको पाइएपछि नेपाल सरकारले कामदार पठाउन रोक्दै आएको छ । 

त्यस्तै ‘फेक रेस्क्यु’मा संलग्न १५ कम्पनीलाई कारबाही गर्न परिपत्र भएको खबर पनि कारोबारमा छ ।  पदयात्री पर्यटकलाई बिरामी बनाएर उद्दार गर्ने अर्थात ‘फेक रेस्क्यु’लाई व्यवसाय नै बनाएर संगठित रूपमा ठगीधन्दा चलाउने १५ संस्थालाई कारबाहीको गर्न सरकारले सम्बन्धित निकायमा परिपत्र गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलगायत विभिन्न ५ निकायमा ति कम्पनीमाथि कारबाहीका लागि पत्र पठाएको हो । कारबाहीको लागि सिफारिस गरिएका कम्प्नीमा ८ वटा ट्रेकिङ तथा रेस्क्यु कम्पनी, ४ वटा अस्पताल, ३ वटा हेलिकप्टर कम्पनी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved