काठमाडौँ केरुङ रेल मार्गको खर्च २ खर्ब ५७ अर्ब, १३ प्रतिशत ब्याज मै अटोलोन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 09:39:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ १२ गते मंगलबार प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

कान्तिपुर दैनिकले तरकारी व्यापारमा बेथिति बारेको बिषयलाई मुख्य समाचार बनाएको छ ।   तरकारी व्यापारमा किसान तथा उपभोक्ता ठगिनुका धेरै कारणहरूमध्ये बिलबिजक पनि एउटा भेटिएको छ । व्यापारमा संलग्न सबै तहमा बिल नै जारी नहुने, जारी भए पनि मूल्य नै उल्लेख नभएको भेटिएको हो । सरकारी टोलीले सोमबार बिहान करिब २ बजे बल्खु तरकारी बजारम छापा मार्‍यो । मकवानपुरबाट आएको ट्रक बल्खु तरकारी बजारमा छानबिन गर्दा अधिकांश ट्रकचालक/व्यवसायीले बिल देखाउन सकेनन् । केही व्यवसायीले खरिद परिमाण बिल/कागजमा उल्लेख गरे पनि मूल्य भने खुलाएका थिएनन् । किसानबाट संकलन गरिएको तरकारी बिक्री भएपश्चात् मात्रै मूल्य निर्धारण हुने गरेको छ ।

कान्तिपुर मै स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएको खबर छ । निर्माण पूरा भइसक्दासम्म पाँच अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । इलेक्ट्रो मेकानिकलको ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारण कुलेखानी–३ को निर्माण चार वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि ११ वर्ष बितिसकेको छ । अझै केही महिना लाग्ने प्राविधिकहरूले बताएका छन् । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ ।

पश्चिम सेतीबारे ‘निर्णायक’ वार्ता शिर्षकमा कान्तिपुरले अर्को समाचार छापेको छ । लामो समयदेखि चर्चामा रहेर पनि निर्माण सुरु हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोलीले मंगलबारदेखि नेपाली पक्षसँग वार्ता गर्दै छ ।थ्री गर्जेजको टोलीसँग लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीहरूले संयुक्त बैठक गर्नेछन् । ऊर्जा र अर्थ मन्त्रीसँग पनि उक्त टोलीले बुधबार वार्ता गर्नेछ ।

नयाँ पत्रिका दैनिकले भिभिआइपी उडानले ५ दिन विमानस्थल प्रभावित हुने समाचार छापेको छ 

। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंमा हुँदै छ । यसका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु हुँदै छ । सोहीकारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल मंगलबारदेखि शनिबारसम्म ५ दिन प्रभावित हुने भएको छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौंं आइपुग्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ ।

बिहीबार अर्थात् १४ भदौमा बिहान ८ बजेदेखि साढे १० बजेको बीचमा तीन अतिविशिष्ट उडान हुँदै छ । यस अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चनओचा नेपाल ओर्लनेछन् । यो अवधिभर विमानस्थलमा सर्वसाधारण यात्रुको आवागमन बन्द हुनेछ भने व्यावसायिक उडानका जहाजको उडान–अवतरण हुनेछैन ।

कारोबार दैनिकले बिमस्टेकमा नेपालका ५ एजेण्डा शिर्षकको समाचार छापेको छ । नेपालले पहिलोपटक आयोजना गर्न लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका लागि पूर्वाधारको तयारी हतारमा गरिएजस्तै एजेण्डाका विषयमा पनि सरकारको तयारी उस्तै अपरिपक्व देखिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्गप्रशस्त गर्ने गरी समझदारी गरिने परराष्ट्र मन्त्रालयले जनाए पनि यसका लागि अन्तरसरकारी समन्वयको अभाव देखिएको छ । बिमस्टेकका १६ वटा प्राथमिकता क्षेत्रमध्ये नेपालले ५ क्षेत्रलाई विशेष प्रथमिकतामा राखेको छ । जसअन्तर्गत पहिलो प्राथमिकतामा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) छ र यसमा रेलवे, सडक, विद्युत् प्रसारणलाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइबर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय समावेश छन् । 

कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको समाचार पनि कारोबारमा छापिएको छ । 

विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । 

अन्नपूर्ण पोस्टले कृषिमा परनिर्भरता बढेको र गत आर्थिक बर्षमा १ खर्ब ६ अर्बको कृषि उपज आयात भएको खबर छापेको छ   । अन्नपुर्ण मै खनिज अन्वेषण तथा खानीमा प्रदेश ३ मा धनी र प्रदेश २ शुन्य रहेको खबर छ ।  

नागरिक दैनिकले बहुचर्चित काठमाडौँ केरुङ रेल मार्ग निर्माणको खर्च प्रतिकिलोमिटर ३ अर्ब ५५ करोड लाग्ने खबर छापेको छ ।  ९ बर्षमा सम्पन्न हुने उक्त ७२ किलोमिटर लामो रेलमार्गको कुल लागत २ खर्ब ५७ अर्ब हुने पुर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको हो । त्यस्तै १-२ बाहेक अधिकांश बाणिज्य बैंकहरुले १२ देखि १३ प्रतिशत ब्याजदरमा अटोलोन दिन थालेको खबर पनि नागरिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved