निजगढ विमानस्थलको ग्लोबल टेन्डर ४ महिनामा, आगामी बर्खादेखि मुलुक बिजुलीमा आत्मानिर्भर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 09:10:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ २९ गते प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रक्षण गरेका छन्  । कान्तिपुर दैनिकले देशभर व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार रहेको र तिनमा ३४ लाख ८ हजार रोजगारी पाएको समाचार छापेको छ  । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले यस्तो तथ्यांक देखाएको हो । यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । 

कान्तिपुर मै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको ८ महिनापछि बल्ल एनसेल कर छली प्रकरणका विवरण र फाइल झिक्ने आदेश दिएको खबर छ   । 

नयाँ पत्रिका दैनिकले पनि  देशभर व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार रहेको खबर छापेको छ    । त्यस्तै बजार अनुमगनका विषयमा व्यवसायी र सरकारबीचको मतान्तर बिहीबार आयोजित एक कार्यक्रममा देखिएको खबर नयाँ पत्रिकामा छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तक्र्रियामा उद्योगीहरूले अहिले बनेको उपभोक्ता संरक्षणसम्बन्धी विधेयक जस्ताको तस्तै कानुनका रूपमा आए अधिकांश उद्योगी व्यवसायी विनागल्ती जेल जानुपर्ने अवस्था आउने बताए ।

जवाफमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्योगी व्यवसायी जेल जान नपरोस् भनेर आफूले कामना गरेको बताए । उनले भने, ‘तपाईंहरू राम्रो काम गर्नुहोस्, जेल जान नपरोस् शुभकामना छ ।’ त्यस्तै निजगढ विमानस्थल बारेको समाचार पनि नयाँ पत्रिकामा छ । समाचारमा कुल क्षेत्रफ़लको एक तिहाईमा मात्र विमानस्थल र बाँकि स्थानमा हरियाली हुने उल्लेख छ 

 नागरिक दैनिकले पनि प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक गरेकाे खबर छापेको छ। बजारको अभावमा कोल्डस्टोरमै कुहिँदै डोल्पाका स्याउ शिर्षकको समाचार पनि नागरिकमा छ । यो वर्ष बिगतको तुलनामा धेरै स्याउ फलेको डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ कोल्डस्टोर मै कुहिन थालेपछि कृषक चिन्तित बनेका छन्।  आगामी बर्खादेखि मुलुक बिजुलीमा आत्मानिर्भर हुने खबर पनि नागरिकमा छ। आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लैंमा ६ सय ५० मेगावाट बिजुली थपिने भएकोले मुलुक आत्मनिर्भर बन्ने भएको हो । 

 कारोबार दैनिकमा सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आशयपत्र आह्वानको तयारी गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएको खबर  छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको उक्त विमानस्थलका लागि दुई साताभित्रै आवश्यक आशयपत्र तयार गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणबाट शर्तसहितको आवश्यक आह्वानपत्र तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टेन्डर प्रक्रिया थाल्ने भएको छ । मन्त्रालयले ग्लोबल टेन्डरमार्फत आशयपत्र माग्नका लागि प्राधिकरणमा पत्र पठाएको हो । निजगढ विमानस्थलका लागि बारामा १ लाख ९५ हजार मात्रै रुख काट्ने योजना छ । अहिले प्रचार गरिएजस्तो २४ लाख रुख काट्ने कुनै योजना नभएको मन्त्री अधिकारीले स्पष्ट पारेका छन् ।

कारोबार मै उद्योगी व्यवसायीहरूले उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा भएको सजाय र दण्ड जरिवानासम्बन्धी व्यवस्था खुकुलो बनाउन माग गरेको खबर छ । उनीहरूले ऐन संशोधन नगरी जस्ताको तस्तै पारित भए आफूहरूलाई जुनसुकै बेला जेल जानुपर्ने हुनसक्ने भन्दै जेलको आकार बढाउन व्यंगात्मक सुझाव पनि दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved