चालक-पैदलयात्रीमाथि ट्राफिकको निगरानी : पैदलयात्रीले जरिवाना तिर्नुपर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 08:19:47 AM मा प्रकाशित

laxmi  sunrise bank

चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ । 

महाशाखाका डिआयजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए । आजको कान्तिपुरमा खबर छ ।

पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै उनले फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved