भरतपुरमा च्यातिएको मतपत्र सर्वोच्चलाई बुझाइयो, सुनुवाई २३ गते हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 08:06:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिका–१९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र सर्वोच्च अदालतमा पेस गरिएको छ । बुद्ध एयरको नियमित उडानबाट मंगलबार बिहान च्यातिएको मतपत्र ल्याइएको हो । सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले च्यातिएको ९० मतपत्र बिहान ९ बजेर १५ मिनेटमा अदालतमा पेस भएको जानकारी दिए । उनका अनुसार सर्वोच्चले माग गरेअनुसार सबै कागजपत्र पेस भएको छ । गत ६ असारमा कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले सात दिनभित्र सबै कागजपत्र पेस गर्न आदेश दिएको थियो ।

यी हुन् सर्वोच्चमा बुझाइएका कागजपत्र
भरतपुर महानगरपालिका–१९ मा मतगणनाका क्रममा च्यातिएको मतपत्र, पुनः मतदान गर्ने मुख्य निर्वाचन आयोगको निर्णय, मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल, प्रहरी सञ्चारको मुचुल्का, चितवन निर्वाचन आयोगको निर्वाचन स्थगित गरेको सूचना, सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सेनाको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन पेस गर्न अदालतले आदेश दिएको थियो । आयोग कर्मचारी र प्रहरीले महान्यायाधिवक्ता कार्यालयको समन्वयमा मतपत्रको पोको सर्वोच्चमा ल्याइएको हो ।

अदालतमा कागजपत्रसहित च्यातिएको मतपत्र ल्याइएपछि दुवै पक्षको सहमतिमा उक्त रिटको सुनुवाइ २३ असारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता उपाध्यायले बताए । १४ जेठ मध्यरातमा मतगणना जारी रहेका वेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

मतपत्र च्यातिएपछि पुनः निर्वाचन गराउने आयोगको निर्णय
गत १४ जेठ राति मतपत्र च्यातिएपछि निर्वाचन आयोगले छानबिन समिति गठन गरेर भरतपुर खटाएको थियो । सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सेनाको संयोजकत्वमा गृह मन्त्रालयका सचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारी सदस्य रहेको छानबिन समितले च्यातिएको मतपत्रका विषयमा आयोगसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनपछि आयोगले १९ नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको पुनः मतदान गराउने निर्णयपछि निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई भरतपुर महानगरपालिका १९ वडाका खुला सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले २१ जेठमा पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । जुन रिटमाथि सर्वोच्चमा मुद्दा विचाराधीन छ । नयाँ पत्रिका दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved