प्रदेश नम्बर २ को निर्वाचनमा म्यादी प्रहरी भर्ना नगरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:14:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भर्ना नगरिने भएको छ । अन्य जिल्लामा कार्यरत सुरक्षाकर्मी खटाउँदा पर्याप्त हुने भएकाले गृह मन्त्रालयले म्यादी प्रहरी भर्ना नगर्ने निर्णय गरेको हो । गृहले बनाएको सुरक्षा योजनामा निर्वाचनमा अन्य जिल्लामा कार्यरत सुरक्षाकर्मीलाई खटाउने उल्लेख छ ।

 सुरक्षाकर्मी नै पर्याप्त हुने भएकाले म्यादी प्रहरी भर्ना नगरिने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । पहिलो चरणको निर्वाचन अगाडि नै प्रदेश २ का आठवटै जिल्लामा म्यादी प्रहरी भर्ना गरिएको थियो । तर, निर्वाचन नभएपछि केहीलाई चुनाव भएका जिल्लामा त केहीलाई ट्राफिक व्यवस्थापनलगायत काममा खटाइएको थियो ।

 निर्वाचनको सुरक्षा कार्ययोजना अन्तिम चरणमा

 प्रदेश नम्बर २ को निर्वाचनको सुरक्षा कार्ययोजना अन्तिम चरणमा रहेको गृह प्रवक्ता सुवेदीले बताए । निर्वाचन आयोगसँग छलफल गरी कार्ययोजनालाई केही दिनमै गृहले अन्तिम रूप दिने तयारी गरेको छ । शान्ति सुरक्षाका दृष्टिकोणले सामान्य अवस्थामा पनि प्रदेश नम्बर २ का आठै जिल्ला संवेदनशील मानिन्छन् । जसकारण ठूलो संख्यामा सुरक्षाकर्मी खटाउने गृहको तयारी छ । सीमामा बलियो सुरक्षा तथा भूमिगत समूहका गतिविधिलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ ।

 पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । एकै चरणमा चुनाव गर्ने योजनाअनुसार सो संख्याका म्यादी भर्ना गरिएको थियो । तर, तीन चरणमा निर्वाचन भएपछि सो संख्या आवश्यकताभन्दा धेरै भएको थियो । पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना खटाउन लागिएको छ । तर, संख्या भने टुंगो लागिनसकेको प्रवक्ता सुवेदीले बताए । तेस्रो घेरामा रहेर नेपाल प्रहरीलाई सघाउने गरी सेना खटाउन लागिएको हो । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved